अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

कैलाली–कञ्चनपुरमा साढे ४७ किलोमिटर लम्बाइका ५ सडक कालोपत्रे गर्ने तयारी

कैलाली–कञ्चनपुरमा साढे ४७ किलोमिटर लम्बाइका ५ सडक कालोपत्रे गर्ने तयारी

कैलाली–कञ्चनपुरमा थप ५ वटा सडक कालोपत्रे हुने भएका छन्। सडक डिभिजन कार्यालय कञ्चनपुरमार्फत साढे ४७ किलोमिटर लम्बाइका पाँच वटा सडक कालोपत्रेको तयारी भएको हो। सडक डिभिजन कार्यालय महेन्द्रनगरले एक महिनाको अवधि राख्दै बोलत्रपको सूचना प्रकाशन गरिसकेको छ। कार्तिक ७ गते सार्वजनिक भएको सूचनामा पूर्वपश्चिम राजमार्गदेखि उत्तर र दक्षिण जोड्ने सडक समावेश भएको सडक डिभिजन कार्यालय महेन्द्रनगरकी इन्जिनियर सरला न्यौपानेले बताइन्।

उनका अनुसार कैलालीका तीन र कञ्चनपुरका दुई सडक कालोपत्रे गरिने छ। कैलालीको नारायणपुर–भजनी सडक, पहलमानपुर–लालबोजी सडक, खुटियापुल–भादा सडक र कञ्चनपुरमा कृष्णपुर नगरपालिमा खल्लादैया–वनदेवी मन्दिर सडक तथा बर्मदेव–बाघफाँटा सडक कालोपत्रेका लागि सूचना सार्वजनिक गरिएको हो। ३० दिनको समय राख्दै साढे ९ किलोमिटरका दरले पाँच सडक कालोपत्रेका लागि सूचना सार्वजनिक गरिएको छ।

तर पाँच सडक निर्माणका लागि आश्यक लागत भने सार्वजनिक गरिएको छैन।सूचना सार्वजनिक भएको ३० दिनपछि मात्रै सडक निर्माणमा हुने खर्चको रकम सार्वजनिक हुने इन्जिनियर सरला न्यौपानेले बताइन्। तराईका दुई जिल्लाका भित्रि सडक कालोपत्रे भए जनजीवन सहज हुने अपेक्षा गरिएको छ।

धनगढीबाट करिव ५० हजार नगद सहित १४ वुवाडे पक्राउ
कार्तिक १६, १९:०८
हिन्दु धर्मालम्बीहरूको दोस्रो ठूलो महानचाड तिहारको आज पहिलो दिन आज काग तिहार, यमपञ्चक सुरू
कार्तिक १६, १९:०८