अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

कैलालीमा बेलुका ८ बजेसम्म मात्रै देउसी भैलो खेल्न नपाइने जिल्ला प्रशासन कार्यालयको निर्देशन

कैलालीमा बेलुका ८ बजेसम्म मात्रै देउसी भैलो खेल्न नपाइने जिल्ला प्रशासन कार्यालयको निर्देशन

कैलालीमा बेलुका ८ बजे सम्म मात्रै देउसी भैलो खेल्न पाइने भएको छ ।जिल्ला प्रशाशन कार्यालय कैलालीले मंगलबार एक सूचना जारी गर्दै चाडपर्वमा समाजलाई प्रभावित हुनेगरि कानून विपरितका अवाञ्चित गतिविधी समेत हुन सक्ने भएकाले र विश्व व्यापी रुपमा फैैलिएको कोभिड १९ महामारीको संक्रमण समेत फैलिन सक्ने भएको हुँदा बेलुकी ८ बजेसम्म मात्रै देउसी भैलो, नाचगान जस्ता मनोरञ्जनात्मक कार्य गर्न आदेश जारी गरेको हो ।यसका साथै प्रशाशनले पटका, आतिसवाज जस्ता प्रज्वलनशील पदार्थ पड्काउन र ओसार पासार नगर्नु नगराउन हुन पनि आग्रह गरेको छ ।

साथै दिपावलको समयमा दियो, मैनवत्ती, पालाहरु बाल्ने एवं विद्युतीय उपकरणहरु वाली दिपावली मनाउँदा आगजनी जस्ता विपद्का घटनाहरु घटन सक्ने भएकोले सबैलाई सचेत हुन समेत प्रशासनले आग्रह गरेको छ ।सूचनाको अवज्ञा गरी कसैले कानून विपरितका कार्यहरु गरे, गराएको पाईएमा प्रचलित कानून अनुसार कडा कारवाही हुने पनि जारी सूचनामा उल्लेख गरेको छ ।

घोडाघोडी नगर पालिकाका सामुदायिक विद्यालयमा कार्यरत निजी श्रोतका शिक्षकहरू आन्दोलित माग सम्बोधनका लागि मङ्गलवार नगर पालिकामा करिब २ घण्टा धर्ना
कार्तिक १६, १८:२६
धनगढीबाट करिव ५० हजार नगद सहित १४ वुवाडे पक्राउ
कार्तिक १६, १८:२६