अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

जी–२० शिखर सम्मेलनमा कार्बन उत्सर्जनलाई घटाउँदै लैजाने सहमति

जी–२० शिखर सम्मेलनमा कार्बन उत्सर्जनलाई घटाउँदै लैजाने सहमति

विश्वका ठूलो अर्थव्यवस्था भएका देशहरुको समूह जी–२० मा कार्बन उत्सर्जनलाई घटाउँदै लैजाने सहमति भएको छ ।जी–२० का नेताहरुले विश्वमा भइरहेको तापक्रम वृद्धिलाई १ दशमलव ५ डिग्रीमा सीमित राख्न सार्थक एवं प्रभावकारी योजना बनाउने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।इटलीमा दुई दिनसम्म भएको जी २० शिखर सम्मेलनमा जलवायु परिवर्तनका विषयमा छलफल भएको हो ।नेताहरुले जलवायु परिवर्तनका कारण समस्यामा परेका गरिब तथा विपन्न देशलाई सहयोग गर्न एक सय अर्ब डलर जुटाउने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।यसैबीच, स्कटल्यान्डको ग्लास्गोमा भइरहेको जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको २६ औँ सम्मेलन कोप २६ मा आजदेखि विश्वका नेताहरूले छलफल र बहस थाल्दै छन् ।

एकीकृत समाजवादी संसदीय दलको बैठक निश्कर्ष ‘सरकारको नेतृवमा दाबी गर्ने’
कार्तिक १५, १८:०९
दिगो सामुदायिक तथा वातावरण संरक्षण बहुउद्देश्यिय सहकारी संस्था लि.को १५ औं वार्षिक साधरण सभा तथा सार्वजनिक सुनुवाई सम्पन्न ।
कार्तिक १५, १८:०९