अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

जनगणमा सबै थारु समुदायले थरको पछाडी ‘थारु’ लेख्ने सुझाब

जनगणमा सबै थारु समुदायले थरको पछाडी ‘थारु’ लेख्ने सुझाब

राष्ट्रिय जनगणना २०७८को तथ्यांकमा थारुको संख्या सहि ल्याउनलाई सबैले आफ्नो थरको पछाडी थारु अनिवार्यरुपले लेखाउनु पर्ने छलफल भएको छ ।थारु कल्यांकारीणि सभा कैलालीले आयोजना गरेको राष्ट्रिय जनगणना सम्बन्धी समेतनाकालागि अन्तरक्रिया कार्यक्रममा थारु समुदायले आफ्नो थरको पछाडी थारु अनिवार्य लेखाउनु पर्ने बताए ।पछिल्लो अवस्थामा अधिकांश थारुले आफ्नो नामको पछाडी (चौधरी, दहित, कुश्मी, महतो) लगायतको थर लेख्ने भएको हुदा जनगणनाको तथ्यांक निकल्दा कन्फ्यूजन हुने भएकोले थारु पनि अन्य जातमा गणना हुन सक्ने सम्भावना रहेको सहभागीहरुको भनाई थियो ।

थारु कल्याणकारीणि सभाले यो अभियान गाउँ गाउँमा गएर चलाउनुपर्ने र थारुहरुले आफ्नो पुर्खौली थरको पछाडी थारु लेख्न विर्सेको खण्डमा जनगणना लिन जाने प्रतिनीधिहरु पनि सचेत भइदिन सहभागीहरुको अनुरोध थियो ।कार्यक्रममा प्रमुख अतिथि पूर्व सांसद कैया थारुले विगतमा आफूले थाकसको विकासकोलागि आफूले गरेको प्रयासबारे प्रस्तुत गरे ।उनले संस्थागत काम गर्दा निस्वार्थ भएर लाग्नुपर्ने सुझाब दिदै थारु छात्राबास र थाकसको विकासको लागि आफूले सहयोगी दाताको खोजी गरि सहयोग गर्ने विश्वास दिलाए । साथै थाकस जिल्लका नेतृत्वलाई सक्रिय भएर लाग्न अनुरोध समेत गरे ।

थारु समुदायको हकहितको लागि सबैले अ आफ्नो ठाँउमा सहयोग गर्न सके मात्रै थारु हुनुमा गर्व हुने पूर्व सांसद थारुको तर्क थियो । २०७८ सालको जनगणनामा थारुहरुको सहि तथ्यांक ल्याउन सबैले आफ्नो ठाउँबाट सहयोग गर्न अनुरोध गरे ।कार्यक्रममा थारु विद्यार्थी समाजका केन्द्रीय अध्यक्ष चन्द्र प्रसाद थारु, थारु कल्याणकारीणि सभाका केन्द्रीय सदस्य इन्दू थारु, प्रभात कुमार चौधरी, अधिवक्ता जोहारी लाल चौधरी, थारुराम महतो बुद्धिजीवि चन्द्रसिंह थारु, बसन्ती चौधरी लगायतको सहभागिता रहेको थियो ।

थाकसका जिल्ला उपाध्यक्ष माधव थारुले सञ्चालन गरेको छलफल कार्यक्रममा कैलालीको जनसंख्याको तथ्यांक सहि निकाल्नकोलागि थारुहरुले गर्ने प्रयाससंगै बाढी प्रभावितहरुलाई रहतकोलागि पालिकाहरुसंगको समन्वयबारे छलफल गर्ने निशकर्ष निकालिएको थियो ।

अविरल वर्षपछि सडक अवरुद्ध भएका पहाडी जिल्लामा खाद्यान्न अभाव हुदै व्यापारीहरु कृतिम अभाव सृजना गर्दै
कार्तिक ६, १७:१७
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा शनिबार थप ६ जनामा कोरोना संक्रमण पुष्टि
कार्तिक ६, १७:१७