अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

सुर्खेतको एक सामुदायिक वनमा बम विस्फोट हुँदा २ जना घाइते

सुर्खेतको एक सामुदायिक वनमा बम विस्फोट हुँदा २ जना घाइते

सुर्खेतको एक सामुदायिक वनमा बम विस्फोट हुँदा दुई जना घाइते भएका छन् । वीरेन्द्रनगर नगरपालिका ७, स्थित कट्कुवा सामुदायिक वनमा शनिबार बिहान पौने ११ बजे बम विस्फोट भएको हो ।विस्फोटमा परी घाँस काट्न गएका दुई जना घाइते भएका हुन् । घाइते हुनेमा दैलेखको गुराँस गाउँपालिका ६ की २१ वर्षीया लिला नेपाली र उनका भाइ १४ वर्षका नरेश परियार रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवंम् डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।घाइतेहरुको स्थानीय देउती अस्पताल सुर्खेतमा उपचार भैरहेको छ । घाइते मध्ये एकजनाको अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ ।

कैलालीको काँग्रेस वडा अधिबेशन छठपर्व पछि गर्ने, १५०१ समिति गठन
कार्तिक ६, १६:४८
अविरल वर्षपछि सडक अवरुद्ध भएका पहाडी जिल्लामा खाद्यान्न अभाव हुदै व्यापारीहरु कृतिम अभाव सृजना गर्दै
कार्तिक ६, १६:४८