अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

घोडाघोडीमा न्यायिक सेवा सम्बन्धी ३ दिने क्षमता बिकास कार्यक्रम सम्पन्न

घोडाघोडीमा न्यायिक सेवा सम्बन्धी ३ दिने क्षमता बिकास कार्यक्रम सम्पन्न

कैलालीको घोडाघोडी नगरपालिकामा ३ दिने स्थानीय तहबाट हुने न्यायिक सेवा सम्बन्धी क्षमता विकास प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । जेईजेटको आर्थिक सहयोग, नेपाल कानुन समाजको व्यवस्थापन र घोडाघोडी नगरपालिको आयोजनामा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम बिहीबार देखी सुरु भएर शनिवार सम्पन्न भएको थियो ।कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, सामुदायिक मेलमिलाप केन्द्रका पधारीकारीहरुको सहभागिता रहेको थियो ।

सहभागीहरूलाई न्यायिक समिति र सामुदायिक मेलमिलाप केन्द्रको क्षेत्र अधिकार बारेमा जानकारी दिइएको थियो । गाउँका विवाद गाउँमै मिलाउने उद्देश्य उनीहरूलाई न्यायिक सेवा सम्बन्धी जनकारी गराइएको थियो ।उनीहरूलाई मकवानपुरका जिल्ला अदालतका न्यायाधीश डिल्लीरन्त क्षेष्ठ र अभिवक्ता सरस्वती क्षेष्ठले न्यायिक सेवाको बारेमा जानकारी गराएका थिए । सहभागीहरूलाई ३ वटा समूहमा छुटाएर विवाद समाधान गर्ने नमुना अभ्यास समेत गराइएको थियो । यसले गर्दा स्थानीय स्तरमा मेलमिलाप केन्द्र र स्थानीय तहमा भएका न्यायिक समितिका कारण प्रहरी कार्यालयमा सामान्य विवाद लिएर आउनेको सङ्ख्यामा कमी हुने विश्वास लिएको छ ।

फिल्म शुटिंगमा चलाएको गोली लागेर छायाँकारको मृत्यु, निर्देशक गंभीर घाईते
कार्तिक ६, १६:४२
कैलालीको घोडाघोडीमा एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनको दोस्रो जिल्ला परिषद् सम्पन्न
कार्तिक ६, १६:४२