अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

घोडाघोडी न.पा ५ मा वडा स्तरिया भलीवल प्रतियोगिता हुने ।

घोडाघोडी न.पा ५ मा वडा स्तरिया भलीवल प्रतियोगिता हुने ।

कैलालीमा भलिवल प्रतियोगिता हुने भएको छ । जिल्लाको घोडाघोडी नगरपालिका वडा नं. ५ मा वडा स्तरिय भलिवल प्रतियोगिता हुने भएको छ । नेपालीहरुको दोस्रो महान चाड शुभ दिपावलीको अवसरमा वडा स्तरिय भलिवल प्रतियोगिता हुन लागेको बताइएको छ । घोडाघोडी नगरपालिका वडा नं. ५मा रहेको शिशिर युवा क्लवले यहि कार्तिक १० गते देखि प्रतियोगिता संचालन गर्न लागेको हो । प्रतियोगिताको लागि इच्छुक वडा भित्रका क्लवले सहभागीतकाको लागि आफ्नो टिम दर्ता गराउन आयोजक शिशिर क्लवले आह्वन समेत गरेको छ ।

कार्तिक १० गते देखि संचालन हुने प्रतियोगितमा सहभागीताको लागि यहि कार्तिक ८ गते भित्र आफ्नो टिम दर्ता गराइ सक्नु पर्ने आयोजक क्लवले सुचनामा उल्लेख गरेको छ । भने खेलमा सहभागीता जनाउने क्लवले ६००। रुपियाँ प्रति टिमको दर्ता शुल्क टोकेको छ । यस्तै भलिवल प्रतियोगिताका प्रथम, दृतिय टिमका साथै उत्कृष्ट खेलाडीहरुलाई उचित पुरुस्कार प्रदान गर्ने समेत आयोजक क्लवले जनाएको छ ।

प्रतियोगिताको पुरुस्कार भने १० गते घोषणा गर्ने जनाएको छ । वडा स्तरिय भलिवल प्रतियोगिता खेल घोडाघोडी नगरपालिका वडा नं. ५को खेलमैदान बनखेतको प्रतियोगिता हुने बताएको छ ।

सुदूरपश्चिम सरकारले भोलिदेखि बाढीपहिरो प्रभावित क्षेत्रमा राहत बाँड्ने
कार्तिक ६, ०६:०३
जोशीपुरमा सामुदायिक मेलमिलाप केन्द्र स्थापना
कार्तिक ६, ०६:०३