अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

सुदूरपश्चिम सरकारले भोलिदेखि बाढीपहिरो प्रभावित क्षेत्रमा राहत बाँड्ने

सुदूरपश्चिम सरकारले भोलिदेखि बाढीपहिरो प्रभावित क्षेत्रमा राहत बाँड्ने

सुदूरपश्चिम सरकारले भोलि(शनिबार)देखि बाढीपहिरो प्रभावित क्षेत्रमा राहत बाँड्ने भएको छ। भोलि हेलिकोप्टर प्रदेशका सातै जिल्लामा सरकारको राहत सामग्री लिएर जाने सरकारकी प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले बताइन्।क्षतिको विवरण संकलन गरिसकेको बताउँदै उनले शनिबार बिहान राहत लिएर जाने बताइन्। एकद्वार प्रणालीबाट राहत वितरणका लागि मन्त्री जोशीले प्रदेशमा कार्यरत गैरसरकारी संस्थाका प्रतिनिधीहरुसँग छलफल गरेकी छिन्। ‘अब सरकारसँग सहकार्य गरेर मात्रै राहत उपलब्ध गराउनुपर्छ। जुन संस्थाले हामीलाई राहत सामग्री उपलब्ध गराएको राहत वारे सवैलाई जानकारी गराउने बताउनु भएको छ ।

बेमौसमी वर्षाले कैलाली र कञ्चनपुरको धानबालीमा करिव ३ अर्बको नोक्सानी अनुमान
कार्तिक ५, १९:०१
घोडाघोडी न.पा ५ मा वडा स्तरिया भलीवल प्रतियोगिता हुने ।
कार्तिक ५, १९:०१