अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

बेमौसमी वर्षाले कैलाली र कञ्चनपुरको धानबालीमा करिव ३ अर्बको नोक्सानी अनुमान

बेमौसमी वर्षाले कैलाली र कञ्चनपुरको धानबालीमा करिव ३ अर्बको नोक्सानी अनुमान

कैलालीको जोशीपुर गाउँपालिकामा बेमौसमी वर्षाका कारण ८० प्रतिशत धानबालीमा क्षति पुगेको अनुमान गरिएको छ। बेमौसमी झरीले धानबालीमा अपूर्णिय क्षति भएको भन्दै क्षतिको एकिन तथ्यांक संकलनको काम भइरहेको छ। काटेको र काट्न बाँकी धानमा क्षति भएपछि सो क्षेत्रका किसान भोकमरी हुने चिन्तामा छन्।वर्षभरी उपभोग गर्ने अन्न तीन दिनको वर्षाले सखाप गरेको जोशीपुर गाउँपालिकाका अध्यक्ष रामकृष्ण चौधरी बताउँछन्। ‘

अचानक परेको झरीले जोशीपुर गाउँपालिकाभित्र लगाइएको धानबालीको ठूलो क्षति पुगेको छ। ८० प्रतिशतको हाराहारीमा क्षति भएको हाम्रो अनुमान छ’ उनले भने, ‘क्षतिको एकिन विवरण संकलनको काम वडास्तरबाट भइरहेको छ।’

नेपाली काँग्रेस घोडाघोडी नगर कार्यसमितिले उद्धार र राहत कार्यक्रम घोषण गर्न सम्बन्धित निकायलाई आग्रह
कार्तिक ५, १८:५७
सुदूरपश्चिम सरकारले भोलिदेखि बाढीपहिरो प्रभावित क्षेत्रमा राहत बाँड्ने
कार्तिक ५, १८:५७