अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

बाढी प्रभाबित क्षेत्रमा सुदुरपश्चिमका मन्त्रीद्वारा निरिक्षण तत्काल राहतको व्यवस्था गरिने

बाढी प्रभाबित क्षेत्रमा सुदुरपश्चिमका मन्त्रीद्वारा निरिक्षण तत्काल राहतको व्यवस्था गरिने

क‌ैलालीको टीकापुर नगरपालिकामा भएको बाढी र डुबानको सुदूरपश्चिम प्रदेशका मन्त्रीले निरिक्षण गरेका छन ।

सुदुर पश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्रालय मन्त्री लाल बहादुर खड्का, आन्तरिक मामिला तथा कानुन मन्त्रालय मन्त्री पुर्णा जोशी लगायतकाले टीकापुर को बाढी प्रभाबित क्षेत्रको निरिक्षण गर्नु भएको छ । बाढी प्रभाबित क्षेत्र विशेष गरि शाहीपुर, बनगाउ ,बटनपुर लगायतका स्थानमा पुगेर सो क्षेत्रका बासिन्दालाई सान्त्वना दिनु भएको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालय मन्त्री पुर्णा जोशी लगायतकाले बाढी प्रभाबित क्षेत्रमा तत्काल राहतको व्यवस्था मिलाईएको र क्षतिको बिवरण लिई उचित राहतको व्यवस्था मिलाउने बताउनु भयो ।

त्यसै गरि सुदुरपश्चिम प्रदेशका भुमि व्यवस्था तथा कृषि मन्त्री बिनिता चौधरीले यस क्षेत्रका किसानले लगाएको धान बाली भित्र्याउन नपाउदै बाढीले नष्ट गरेकोले किसानलाई उचित राहतको व्यवस्था मिलाउने बताउनु भयो । अब किसानको धान बाली को क्षतिको आकलन गरि कस्तो किसिमको राहत उपलब्ध गराउने भनी छलफल गरेरे उचित क्षतिपूर्ति सहित राहत बितरण गरिने बताउनु भयो ।

असोज ३१ गते साँझदेखि लगातार परेको बेमौसमी वर्षाले कैलालीको पुर्वी क्षेत्र पुर्ण रुपमा डुबानमा परेको छ । कर्णाली नदीमा पानीको बहाब निकै बढेपछि टीकापुर नगरपालिकाका तटीय क्षेत्रका नागरिक बाढी र डुबानको चपेटामा परेका छन् । नदीको पानी बस्ती हुँदै घरमा पसेपछि हजारौ परिवार विस्थापित भएका छन् ।

वर्षाका कारण यति बेला सबैभन्दा मर्का किसानलाई परेको छ । खेतमा काट्न तयारी अवस्थामा रहेको धान र काटेर उठाउन मात्र बाँकी रहेको धान पुरै नष्ट भएपछि किसानहरु चिन्तित बनेका छन् ।

यसैको निरिक्षणका लागि प्रदेशका मन्त्रीहरुसहित सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका डिआइजी पुरुषोत्तम कंडेल सहितको टोली आउनु भएको थियो । बाढीबाट टीकापुर नगरपालिका वडा न ५का दौलतपुर शाहीपुर सिम्रेनी र वडा न ८ का बनगाउ,फाटा,बन्जरिया, सुर्यपुर, अर्नुवा ,कमलगाउ कालिमाटी , कर्मिडाडा लगायतका हजारौं घर डुबानमा परेका छन । बाढीबाट ९४ बर्षिया करबिरे ढोलिको समेत मृत्यु भएको छ ।

कैलालीमा नदीको पानी हेर्न गएका युवकमाथि बाघको आक्रमण
कार्तिक ३, २०:४२
नेपाली काँग्रेस घोडाघोडी नगर कार्यसमितिले उद्धार र राहत कार्यक्रम घोषण गर्न सम्बन्धित निकायलाई आग्रह
कार्तिक ३, २०:४२