अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

कैलालीमा नदीको पानी हेर्न गएका युवकमाथि बाघको आक्रमण

कैलालीमा नदीको पानी हेर्न गएका युवकमाथि बाघको आक्रमण

कैलालीमा बाघको आक्रमणबाट एक जना घाइते भएका छन्। जिल्लाको टीकापुर नगरपालिका–५ नुक्लीपुर बस्ने सिरलाल चौधरीका २२ वर्षीय छोरा दिपक चौधरी घाइते भएका हुन्।बुधबार दिउँसो २ बजेको समयमा कर्णाली नदीमा पानी हेर्न जाने क्रममा टिकापुर पार्कको जंगल नजिक दिपकलाई बाघले आक्रमण घाइते बनाएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। बाघको आक्रमणबाट उनको दाहिने काधँमा २ वटा प्वाल परेका छन्।

अहिले दिपकको टीकापुर अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ।

कैलारी गाउँपालिकाले बाढीपीडितका लागि ३ करोडको खाद्य बैंक स्थापना गर्ने, हिउँदे बालीमा शत प्रतिशत अनुदान
कार्तिक ३, २०:३७
बाढी प्रभाबित क्षेत्रमा सुदुरपश्चिमका मन्त्रीद्वारा निरिक्षण तत्काल राहतको व्यवस्था गरिने
कार्तिक ३, २०:३७