अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

सुदूरपश्चिमका सबै जिल्लालाई २५÷२५ लाख दिने प्रदेश सरकारको निर्णय

सुदूरपश्चिमका सबै जिल्लालाई २५÷२५ लाख दिने प्रदेश सरकारको निर्णय

सुदूरपश्चिम प्रदेश सरकारले तत्कालको लागि बाढी प्रभावित सुदूरपश्चिमका सबै जिल्लाहरूमा २५ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ ।आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका बसेको आकस्मिक बैठकले विपद् व्यवस्थापन राहत र उद्धारको लागि जिल्ला विपद् व्यवस्थापन कोषमा २५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरिएको सरकारको प्रवक्ता समेत रहेकी आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले जानकारी दिइन् ।‘त्यो रकम अहिलेको तत्कालको लागि हो ।

क्षतिको यकिन विवरण आए हामी थप राहत उपलब्ध गराउँदै’ मन्त्री जोशीले भनिन्, ‘अहिले प्रदेशमा सङ्कट आएको छ त्यसको व्यवस्थापन हाम्रो मुख्य योजना हो । ’प्रदेश सरकारले प्रदेश विपद् व्यवस्थापन कोषमा २५ करोड उपलब्ध गराउने निर्णय भएको छ । प्रदेशको सबै जनशक्ति विपद् व्यवस्थापन, उद्धार र राहतमा लाग्न समेत सर्कुलर गरिने उनले बताइन् ।

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक
कार्तिक २, १७:३३
बर्दगोरियामा वर्षाका कारण भित्र्याउन लागिएको सैयौ किसानको धानबाली नष्ट, पालिकाको टोलीद्वारा अनुगमन
कार्तिक २, १७:३३