अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

कर्णाली नदी गाउँ पस्यो, स्थानीयलाई सुरक्षित स्थानतर्फ सारिँदै

कर्णाली नदी गाउँ पस्यो, स्थानीयलाई सुरक्षित स्थानतर्फ सारिँदै

कर्णाली नदीमा आएको बाढीले टीकापुर नगरपालिका वडा नं ५ शाहीपुरस्थित निर्माणाधिन तटबन्ध भत्किएर नदी गाउँ पसेको छ । मंगलबार दिउसो साढे १२ बजेतिर पसेको बाढीले क्षति पु(याउन सक्ने दक्षिणका गाउँका मानिसलाई माइकिङ गरेर घर छोडन लगाइएको टीकापुर नगरपालिका वटा नं ५ का वडा सदस्य बलबीर चौधरीले जानकारी दिनुभयो । शाहीपुरका स्थानीय नारायण चौधरीले बोक्न सकिने कागजात र सामान लिएर घर छोडिरहेको र राष्ट्रिय माबि बसन्तामा बस्न लागेको जानकारी दिनुभयो ।
नदी फुटेका कारण दक्षिणका तल्लो शाहीपुर, सिम्रनी, सत्ती, बनगाँऊ, बटनपुर लगायतका बस्ती प्रभावित भैरहेका छन् । ईलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख, प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले स्थानीयको सहयोगमा नेपाल प्रहरी, सशस्त्र प्रहरी लगाएर बस्तीबाट मानिसहरु उचो स्थानतिर सार्न लागेको बताउनुभयो । े टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावलले वडा नं २ मूलपानी, वडा नं ५ को मसानघाट लगायतका क्षेत्रमा नदी फुटक लागेकाले दक्षिणी क्षेत्रका बासिन्दालाई घर छाड्न लगाइएको बताउनुभयो । शाहीपुरमा अघिल्लो महिना पनि नदी गाउपस्न थालेपछि बोरामा बालुवा भरेर रोकथाम गरिएको थियो । त्यतिबेला नदीको सतल करिब ९ मिटर मात्रै थियो ।
कर्णाली नदीमा बाढी बढ्दो क्रममा छ । दिउसो २ः३० बजेको मापन अनुसार कर्णाली नदीको जल सतह १२ मिटर ४५ सेन्टिमिटर पुगेको छ भने नदी बढ्दो क्रममा रहेको चिसापानी कर्णालीका गेज रिडर पार्वती गुरुङले जानकारी दिनुभयो । कर्णालीमा खतराको तह ११ मिटर मानिन्छ ।
रानी जमरा कुलरिया सिचाईमा पनि क्षति
अबिरल वर्षका कारण चुरेबाट निस्कने खोलामा आएको बाढी र कर्णाली नदीमा आएको बाढीले रानी जमरा कुलरिया आयोजनाका संरचनामा क्षति पु¥याइ रहेको छ । चुरेबाट बगेको पानी मूल नहरमा पसेको छ भने कर्णाली नदी पनि केही ठाउँमा नदीमा पसेको स्थानीय शिक्ष मार्कण्डय उपाध्यायले जानकारी दिनुभयो । जानकी गाउँपालिका वडा नं ९ का वडासचिव पे्रम बुढाले वडाका कटाँसे, पूर्व खैरिफाँट कालिका मन्दिर नजिक र राष्ट्रिय मावि पाताभार नजिक नदी फुटेर नहरमा पसेको जानकारी दिनुभयो । जल प्रवाह बढ्दै गएमा त्यसले जानकी गाउँपालिका वडा नं ९, ६,३ र टीकापुर नगरपालिकाका केही भागमा असर गर्न सक्नेछ ।
चुरेबाट आएका खोलाको पानी रानी जमरा कुलरिया सिचाई प्रणालीमा पसेको छ भने अब झरीले खेतमा डुवेको धानमा बाढी पनि पस्ने खतरा रहेको छ ।

टीकापुर(५ मा तटबन्ध भत्काएर कर्णाली नदीको बाढी गाउँ पस्यो
कार्तिक २, १५:४०
सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक
कार्तिक २, १५:४०