अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

आइतबार परेको वर्षाका कारण पाकेको धान बालीमा ठुलो नोक्सानी

आइतबार परेको वर्षाका कारण पाकेको धान बालीमा ठुलो नोक्सानी

सुदूरपश्चिमका केही जिल्लामा आइतबार राती परेका वर्षाका कारण पाकेको धान बालीमा ठुलो नोक्सानी भएको छ ।

किसानले धान बालि भित्र्याउन सुरु गरेकै बेला एक्कासी परेको पानीले किसानको पाकेर भित्र्याउन लागेको धान बालीमा ठुलो नोक्सान गरेको हो ।

असारको पहिलो साता लगाएको धान पाक्न थालेपछि किसानहरूले धान बालि काटेर भित्र्याउन सुरु गरेका छन् ।आइतबार राती परेको वर्षाका कारण कैलाली, कञ्चनपुर, डोटीका किसानले लगाएको धान बालीमा बढी क्षति गरेको छ ।

सुदूरपश्चिमका ७ पहाडी जिल्ला जोड्ने भिमदत्त राजमार्ग अवरुद्ध सवारीसाधन अलपत्र
कार्तिक १, ०९:२३
कैलालीको खुटिया नदीमा आएको बाढीले बगाउँदा ट्याक्टर चालक बेपत्ता
कार्तिक १, ०९:२३