अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

कैलालीको टीकापुरमा मोटरसाइकल दुर्घटनामा परि दुई जनाको मृत्यु

कैलालीको टीकापुरमा मोटरसाइकल दुर्घटनामा परि दुई जनाको मृत्यु

कैलालीको टीकापुरमा मोटरसाइकल दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ।शनिबार टीकापुर नगरपालिका वडा नं. २ विकाशपुरमा से.६ प. १९३१ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो।दुर्घटनामा मोटरसाइकल चालक टीकापुर नगरपालिका वडा नं.–१ का १८ वर्षीय सुन्दर मगर र पछाडि सवार सोही ठाउँका १८ वर्षीय केशव मगरको मृत्यु भएको ट्राफिक प्रहरीले जानकारि दिएको छ ।

त्यस्तै सोहि मोटरसाइकलमा सवार सोही ठाउँका १९ वर्षीय आशिष मगर घाइते भएका छन्। तीनै जनालाई टीकापुर अस्पतालमा सामान्य उपचारपछि कोहलपुर मेडिकल कलेज रिफर गरिएको र दुई जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ।घाइते आशिषको उपचार भइरहेको छ। उनको अवस्था सामान्य रहेको बताइएको छ। मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ।

धनगढीमा प्रेमीसंग मिलेर श्रीमानको हत्या, चार जना पक्राउ
आश्विन ३१, १७:४३
कैलालीको धनगढीमा जीपले मोटरसाइकललाई ठक्कर दिँदा तीन जना घाइते
आश्विन ३१, १७:४३