अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

टीकापुर राजबन्दी परिवारलाई डसिया खर्च सहयोग

टीकापुर राजबन्दी परिवारलाई डसिया खर्च सहयोग

टीकापुर राजबन्दी परिवारहरुलाई डसिया र देवारी खर्चकोलागि जनही रु पाँच हजारका दरले सहयोग गरिएको छ ।थरुहट थारुवान राष्ट्रिय मोर्चा कैलाली र थारु कल्याणकारीणि सभा कैलालीको आयोजनामा टीकापुरमा भएको डसिया देवारीक शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रममा राजबन्दी परिवारलाई डसिया खर्चकोलागि सहयोग गरिएको मोर्चका जिल्ला संयोजक माधब थारुले जानकारी दिए ।

उनका अनुसार टीकापुर राजबन्दी परिवारलाई डसिया र देवारी खर्चको लागि टीकापुर राजबन्दी दिल बहादुर चौधरी, प्रदिप कुमार चौधरी, श्रवण चौधरी, सन्त कुमार चौधरी, हरिनरायया चौधरी र गंगाराम चौधरीको परिवारलाई जनही रु. ५००० का दरले सहयोग गरिएको हो ।सहयोग गर्नेमा थरुहट नेता लक्ष्मण थारुले २ हजार, प्रभात कुमार चौधरी २ हजार, धनगढी गाउँको भलमन्सा सरोज चौधरी २ हजार, बुद्धिजीवि तथा थारु अगुवा बुन्दीलाल चौधरी २ हजार, थारु अगुवा विजय चौधरी २ हजार र थरुहट नेता माधब चौधरीले २ हजार रुपैया सहयोग गरेका छन् ।

यस्तै थरुहट नेता भानुराम चौधरी १ हजार, बुद्धिजीवि खडक चौधरी १ हजार, अधिवक्ता तथा बुद्धिजीवि जोहारीलाल चौधरी १ हजार, भलमन्सा गोठु चौधरी १ हजार, थारु अगुवा ठाकुर करिया प्रधान १ हजार, थरुहट नेता सुशिला चौधरी १ हजार, थारु बुद्धिजीवि गुरुप्रसाद चौधरी १ हजार र हरिराम चौधरी १ हजार रुपैयाँ सहयोग गरेका हुन् ।यस्तै केर्नी न्यूजका सञ्चालक उन्नती चौधरी, थारु लेखक इन्दू चौधरी, दिनेश थारु दिलबहादुर चौधरी, लक्ष्मण किशोर र अशोक कुमार चौधरीले रु ५००÷५०० का दरले सहयोग गरे ।

भने कल्याणकारी सभा कञ्चनपुरका कोषाध्यक्ष सानु चौधरीको नेतृत्वमा रु १५ हजार रुपैँया सहयोग भएको थियो ।शुभकामना आदानप्रदान कार्यक्रममा थरुहट राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारुले टीकापुर मुद्दा लगायत थरुहट थारुवान आन्दोलनले उथान गरेको मुद्दामा सबैजना राजनीतिक रुपमा एक हुनु पर्ने बताए ।उनले नेपालका सत्तासिन र प्रमुख बिपक्षी दल टीकापुर मुद्दालाई राजनीतिक रुपमा समाधानको निकास गर्न सकारात्मक नभएको बताए । थारु कल्याणकारीणि सभा कतार च्यापटर दोहाबाट घनश्याम चौधरीको नेतृत्वमा टीकापुर राजबन्दी परिवारलाई आर्थिक सहयोग गरिएको छ ।

कैलालीमा विङ्गर दुर्घटना : घाइते १५ जनाको पहिचान खुल्यो
आश्विन २७, ०६:११
महानवमी पर्व, आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदै
आश्विन २७, ०६:११