अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

घोडाघोडीमा परम्परागत हानिकारक अभ्यासहरू न्यूनीकरणका लागी धार्मिक अगुवा सँग छलफल

घोडाघोडीमा परम्परागत हानिकारक अभ्यासहरू न्यूनीकरणका लागी धार्मिक अगुवा सँग छलफल

कैलालीको घोडाघोडी नगरपालिका १ सुखडमा परम्परागत हानिकारक अभ्यासहरू न्यूनीकरणका लागि धार्मिक अगुवाहरूको भूमिका तथा विजया दशमीको शुभकामनामा आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय अन्तर धार्मिक सञ्जालको आयोजनामा छलफल कार्यक्रम गरिएको थियो । संजाल घोडाघोडी नगरपालिकाका अध्यक्ष शिव प्रसाद ढकालको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

कार्यक्रममा हिन्दु ,क्रिश्चियन धर्मका अगुवा तथा जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो । छलफलमा समाजमा रहेका विकृति विसङ्गति, बाल विवाह, छाउपडी प्रथा र लैङ्गिक हिंसा अन्त्यका लागि कस्को भूमिका के हुने भन्ने विषयमा छलफल गरिएको थियो । छलफल कार्यक्रममा सहभागीहरूले परम्परागत धार्मिक मूल्य मान्यतामा सुधार गर्न सबैले सहयोग गर्नु पर्ने बताएका छन् ।

कार्यक्रममा नगर प्रमुख ममता प्रसाद चौधरीले कतिपय पुराना कुसंस्कार, कुरीति अन्त्य र सभ्य समाज निर्माणका लागि राष्ट्रिय अन्तर धार्मिक संजाल महत्त्वपूर्ण हुने र त्यसका लागि आवश्यक सहयोग नगरपालिकाबाट गरिने बताए । वर्ल्ड भिजन इन्टरनेशनल नेपालको सहयोग र राष्ट्रिय अन्तर धार्मिक सञ्जालको आयोजनामा भएको कार्यक्रम भएको थियो ।

मुगुमा बस दुर्घटनास् २२ जनाको मृत्यु
आश्विन २६, १६:४६
कैलालीमा विङ्गर दुर्घटना : घाइते १५ जनाको पहिचान खुल्यो
आश्विन २६, १६:४६