अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

कैलालीको भजनीमा स्वयंसेविकाहरुलाई मोबाइल सेट, झोला र साइनबोर्ड बितरण

कैलालीको भजनीमा स्वयंसेविकाहरुलाई मोबाइल सेट, झोला र साइनबोर्ड बितरण

कैलालीमा स्वयंसेविकाहरुलाई मोबाइल सेट, झोला र साइनबोर्ड बितरण गरिएको छ । जिल्लाको भजनीमा एक कार्यक्रमका विच भजनी नगरपालिकाका नगर प्रमुख शेर बहादुर चौधरी र उप –प्रमुख छाँया देवकोटाले स्वयंसेविकाहरुलाई मोबाइल सेट, झोला र साइनबोर्ड बितरण गर्नु भएको हो ।

भजनी नगरपालिका अन्तर्गतका आधारभुत स्वास्थ्य सेवा केन्द्र र स्वास्थ्य चौकी गरि ९ वडाका महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई मोबाइल सेट, झोला र साइनबोर्ड प्रदान गरेको छ ।भजनी नगरपालिका भरिका ९८ महिला स्वास्थ्य स्वयंसेविकालाई मोबाइल सेट, झोला र साइनबोर्ड वितरण गरिएको जनाएको छ । स्वास्थ्य सेवालाई अझ प्रभावकारी बनाउने उद्देश्यले स्वयंसेविकाहरुलाई मोबाइल सेट, झोला र साइनबोर्ड प्रदान गरिएको हो ।

थारु समुदायमा आज पइनस्टोपी ९ढिक्री पकाउने भाँडो० धुने दिने
आश्विन २६, ११:१२
धनगढीबाट छुटेको विङ्गर र मोटरसाइकल ठोक्किँदा १२ जना घाइते
आश्विन २६, ११:१२