अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

जहाजमा समस्या आएपछि धनगढी विमानस्थल अवरुद्ध

जहाजमा समस्या आएपछि धनगढी विमानस्थल अवरुद्ध

धनगढी विमानस्थल अवरुद्ध बनेको छ। धनगढीबाट बाजुरा जाने समिट एयरको टायरमा समस्या आएपछि धावनमार्ग अवरुद्ध बनेको विमानस्थलका प्रमुख रामकृष्ण भट्टले जानकारी दिए।टायरमा आएको खराबीका कारण सो जहाज उड्न नसकेर धावनमार्गमा रोकिएपछि अहिले धनगढी विमानस्थल अवरुद्ध भएको छ।

समिट एयरको जहाज ग्राउण्डेड भएको र धावनमार्गबाट हटाउने प्रयास भइरहेको प्रमुख भट्टले बताए। ‘पाइलटले इन्जिनीयरसँग सल्लाह लिइरहनु भएको छ। सम्भवतः केही समयमा अवरोध हट्छ होला’ उनले भने।सो विमानका कारण यहाँबाट काठमाडौंंका लागि उड्ने श्री एयरलाइन्सको जहाज पनि उड्न पाएको छैन। यस्तै काठमाडौंबाट आउने बुद्ध एयरको जहाज पनि आउन पाएको छैन।

आपतकालीन प्रतिकार्यका लागि पूर्ब तयारी, बहस तथा पैरवी सम्बन्धी तालिम सम्पन्नं
आश्विन २५, २०:४१
बर्दियामा पाटेबाघको आक्रमणबाट १ जना बेपत्ता
आश्विन २५, २०:४१