अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

आपतकालीन प्रतिकार्यका लागि पूर्ब तयारी, बहस तथा पैरवी सम्बन्धी तालिम सम्पन्नं

आपतकालीन प्रतिकार्यका लागि पूर्ब तयारी, बहस तथा पैरवी सम्बन्धी तालिम सम्पन्नं

आपतकालीन प्रतिकार्यका लागि पूर्ब तयारी कार्यक्रम, बहस तथा पैरवी सम्बन्धी ३ दिने तालिम आज कैलालीको चिसापानीमा सम्पन्नं भएको छ । नेपाल रेडक्रस सोसायटी जिल्ला शाखा कैलालीको आयोाजनामा तिन दिन सम्म सञ्चालन भएको तालिमा जिल्लाका २४ वटै उपशाखाका सभापति तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

तालिममा उपशाखाहरुले गरी रहेका विपद् प्रतिकार्य सम्बन्धीका कार्यहरु, स्थानियतह संगको समन्वय तथा पैरवीको बारेमा छलफल गरी कार्ययोजना समेत तयार पारेका छन । तालिममा स्थानियपालिकाले बनाउने विपद् प्रतिकार्य सम्बन्धी कार्ययोजनामा रेडक्रसको उपस्थीति, विपद्को समयमा रेडक्रस पिडित र सरोकारवाला एवम् स्थानिय सरकार संगको सहकार्य, राहात र उद्धार तथा पैरवीका बिभिन्न चरणहरुको बारेमा सहजीकरण गरीएको थियो ।

विपद्को पूर्ब तयारी, विपद् आएको बेला र विपद् पश्यात रेडक्रस कर्मिले गर्नु पर्ने मानवीय सेवा र सहायता तथा लेखाजोखा सम्बन्धी समेत तालिममा छलफल छलफल भएको छ । नेपाल रेडक्रस सोसायटी जिल्ला शाखा कैलालीका उपसभापति बासुदेव बिनाडीको सभापतित्वमा भएको तालिम समापन कार्यक्रममा नेपाल रेडक्रस सोसाटी बलिया उपशाखा लम्कीका सभापति रंग्रसाद तिमिल्सैनाले तिन दिनसम्मको बसाई उत्कृष्ट भएको बताउनु भयो ।

तालिम बाट पैरवीको बारेमा धरै जान्ने र बुझने मौका मिलेको बताउदै तिमिल्सैनाले प्रयोगात्मक शैलीमा गरीएको छलफल तथा प्रशिक्षण अझै प्रभावकारी भएको बताउनु भएको थियो । यस्तै फुलबारी उपशाखाका सभापति जमुना भण्डारीले तालिमले शाखाको क्षमताअभिबृद्धि गर्ने कार्यमा महत्वपूर्ण भुमिका खेलेको बताउनु भयो ।

तिन दिन सम्म सञ्चालन भएको तालिमको सहजिकरण नेपाल रेडक्रस सोसायटी जिल्ला शाखा कैलालीका मन्त्री लोकराज जोशी, विपद् जोखिम न्युनिकरण तथा प्रतिकार्यको क्षेत्रमा काम गदै आउनुभएका चेतन खड्का, नरेन्द्र भट्ट, हेमन्त ओझा, कोभिड १९ रोकथाम तथा नियन्त्रण सम्बन्धी राधिका बिष्टले सहजीकरण गर्नु भएको थियो ।

अछाममा जन्ती बोकेको जिप दुर्घटना, ४ जनाको मृत्यु
आश्विन २५, २०:३९
जहाजमा समस्या आएपछि धनगढी विमानस्थल अवरुद्ध
आश्विन २५, २०:३९