अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

भजनी नगरपालिका वडा नं २ द्वारा महिला स्वयंसेविकालाई साइकल बितरण

भजनी नगरपालिका वडा नं २ द्वारा महिला स्वयंसेविकालाई साइकल बितरण

भजनी नगरपालिका वडा नं. २को कार्यालय रजवरा कैलालीले ६ जना महिला स्वयंसेबिकाहरुलाई बुधबार एक कार्यक्रमको बीच साइकल बितरण गरेको छ।बिगत लामो समयदेखि समुदाय स्तरमा स्वास्थ्य सेवा दिँदै आएका समाजलाई सकारात्मक रुपमा स्वस्थ्य सेवा प्रवाह गरेको भन्दै वडा कार्यालयले हौसला र प्रोत्साहनका लागि महिला स्वयं सेविकालाई भजनी नगरपालिका २ नंबर वडा कार्यालय रजवाराले आर्थिक वर्ष२०७८÷२०८९ विनियोजित बजेट अनुसार सामाजिक विकास कार्यक्रम अन्तरगत महिला स्वयं सेविकाहरुलाई प्रोत्साहन स्वारुप साईकल बितरण गरिएको छ।

भजनी वडा नं २मा रहेका महिला स्वयंसेविका सीता खड्का, चन्दा चौधरी,गोमा चन्द, गोमा राजवंशी, सोनचिरिया देवी डगौरा र हैरानी चौधरीलाई साइकल बितरण गरिएको हो।उक्त कार्यक्रममा भजनी नगरपालिकाका वडा नं २ का अध्यक्ष दुर्गा पुनको अध्यक्षतामा भएको कार्यक्रममा कार्यपालिका सदस्य रामकुमारी चौधरी ,महिला स्वयंसेविका र वडा कर्मचारी लगाएतको उपस्थिती रहेको थियो।उक्त कार्यक्रमको सहजीकरण वडा सचिव देवराज चौधरीले गरेका थिए।

छाडा चौपायाले पहलमानपुरबासी समस्यामा, कृषक धानबाली जोगाउन रातभर जाग्राम
आश्विन २०, १८:३०
कैलालीका लक्ष्मण थारु देश दौडाहामा, थरुहट आन्दोलन ब्युँताउने चेतावनी
आश्विन २०, १८:३०