अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

छाडा चौपायाले पहलमानपुरबासी समस्यामा, कृषक धानबाली जोगाउन रातभर जाग्राम

छाडा चौपायाले पहलमानपुरबासी समस्यामा, कृषक धानबाली जोगाउन रातभर जाग्राम

बहुसंख्यक रुपमा छाडा पशु चौपायाहरु मुख्य बजारमा क्षेत्रमा बस्न थालेपछि कैलालीको पहलमानपुर बजारबासी समस्यामा परेका छन् । पशु चौपायाहरुले गर्दा पैदल हिंड्डुल गर्न, यातायातका साधान ओहोरदोहोर गर्न लगायतका समस्याले गर्दा सो क्षेत्रबासी समस्यामा परेका छन । दैनिक जसो सयौंको संख्यामा पशु चौपायाहरु मुख्य बजारमै बस्ने गर्दा बजार समेत दुर्गन्धीत बन्दै गएको व्यापारीहरुले बताएका छन ।

छाडा पशुचौपायाले गर्दा सडक दुर्घट्नाको जोखिम समेत बढेको छ । पहलमानपुर क्षेत्रमा छाडा चौपायाहरुकै कारणले ठुला साना गरि दैनिक जसो दुर्घट्ना समेत बेला बेला हुने गरेको छ । चौपायाहरुको मलमुत्रले बजार नै दुर्गन्धित बन्दै गै रहेको व्यावासायीहरुले बताएका छन । जसले गर्दा बजारबासीको स्वास्थ्यमा समेत प्रतिकुल असर परिरहेको ब्यापारीहरुले बताउने गरेका छन ।समयमै चौपायाहरुको उचित ब्यवस्थापन नगरिए ठुलो जोखिम मोल्नु पर्ने अवस्था नआउला भन्न नसकिने अवस्था समेत नरहेको गुनासो पोखेका छन ।

पशुचौपायाहरुले गर्दा ब्यापार ब्यवसायमा समेत कमि आएको ब्यापारीहरु दुखेको सुनाउंदछन् । पसल कै अगाडि चौपाया भरिए हुन्छन् ग्राहक कहाँबाट आउने हुन आए पनि हतार हतारमा किनबेच गर्नु पर्छ व्यापासायीहरुले बताएका छन । पसलमा राखिएको तरकारीहरु खाईदिने, कुल्चिने, बाहिर ग्राहकलाई देखाउन राखिएको सामानहरु फोहोर गरिदिने, मानिसहरुलाई हान्न आउने, तर्साउने हुनाले छाडा चौपायाहरुले व्यापारमा समेत समस्या पारेको बताए ।

छाडा पशु चौपायाहरुले धानबाली हुलका हुल खेतमै गएर खाने, कुल्चिने गर्न थालेपछि कैलालीको पहलमानपुर क्षेत्रका कृषकहरु चिन्तित भएका छन् ।

बर्दगोरियमा आन्दोलित शिक्षकहरुले लगाएको तालाबन्दी खुला
आश्विन २०, १८:२७
भजनी नगरपालिका वडा नं २ द्वारा महिला स्वयंसेविकालाई साइकल बितरण
आश्विन २०, १८:२७