अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

कैलालीको बर्दगोरियामा थारु राष्ट्रिय मुक्ति मोर्चा नेपालको भेला सम्पन्न

कैलालीको बर्दगोरियामा थारु राष्ट्रिय मुक्ति मोर्चा नेपालको भेला  सम्पन्न

कैलालीको बर्दगोरियामा नेकपा (माओवादी केन्द्र) निकट थारु राष्ट्रिय मुक्ति मोर्चा नेपालको भेला शनिवार सम्पन्न भएको छ । भेलाले अदल बहादुर चौधरीको अध्यक्षतामा ४५ सदस्य बर्दगारिया गाउँपालिका स्तरिय कमिटी गठन गरेको छ ।सो कमिटीको उपाध्यक्षमा अमर सिंह कठरिया, भोजराज चौधरी, सचिवमा राजेश चौधरी, सहसचिवमा खडक चौधरी र कोषाध्यक्षमा प्रेमा देवि चौधरी सहित अन्य सदस्य रहेका छन् ।

कमिटीले पालिकामा संगठन विस्तार, सुदृढिकरण लगायत मोर्चाले अघि सारेका काम कारवाही अघि बढाउने छ ।नेकपा (माओवादी केन्द्र) सुदुरपश्चिम प्रदेश इन्चार्ज खगराज भुसालको प्रमुख आथित्यतामा भएको कार्यक्रममा नेकपा (माओवादी केन्द्र) सुदुरपश्चिम प्रदेश सचिव तथा थारु मुक्ति मोर्चाका केन्द्रिय सदस्य नेप बहादुर चौधरी, केन्द्रिय महासचिव हरिराम चौधरी उत्सब, पार्टीका नेताहरु रुपा चौधरी, शेर बहादुर चौधरी, लाल सिंह सोडारी लगायतको उपस्थिती रहेको थियो ।

फुलवारी सामुदायिक वन उपभोक्ता समुहको १९ वार्षिक साधरण सभा एवं सार्वजनिक सुनुवाईका शनिवार सम्पन्न
आश्विन १७, १०:३३
कैलालीको लम्कीमा ग्याङ फाइटमा, खुकुरी प्रहार ३ जना घाइते
आश्विन १७, १०:३३