अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

अछाममा पहिराेमा परि ज्यान गुमाउनेकाे सङ्ख्या १७ पुग्याे, ६ जना बेपत्ता

अछाममा पहिराेमा परि ज्यान गुमाउनेकाे सङ्ख्या १७ पुग्याे, ६ जना बेपत्ता

 अछाममा पहिराेमा परि ज्यान गुमाउनेकाे सङ्ख्या १७ पुगेकाे छ । पहिराेमा परि ६ जना बेपत्ता छन् भने ११ जना घाइते भएका छन् । 

अहिलेसम्म तुर्माखाँद गाउँपालिका–५ मा ४, कमलबजार नगरपालिका–६ मा ७ र वडा नम्बर ८ मा ५ जनाको शव भेटिएको छ । प्रशासन कार्यालयका अनुसार यी वडामा तीन जना पहिराेमा परि बेपत्ता छन् ।  ढकारी गाउँपालिका–६ मा एक जनाको शव भेटिएको छ भने एक बेपत्ता छन्।

अछामका निमित्त प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले घाइतेहरुकाे उद्धार गरी नेपाली सेनाको हेलिकप्टरमार्फत उपचारका लागि सुर्खेत जिल्ला अस्पताल लगिएकाे जानकारी दिनुभएकाे छ ।

यस्तै सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक भोलाबहादुर रावलले पहिराेमा परि ज्यान गुमाएकाकाे शव व्यवस्थापनदेखि घाइतेको उद्धार र बेपत्ताको खोजीका लागि प्रहरी परिचालन गरिएको बताउनुभयो।

भारतको सैन्य भर्ती योजना ‘अग्निपथ’ बारे चुनावपछि बन्ने सरकारले निर्णय गर्छ : परराष्ट्र मन्त्रालय
आश्विन १, १५:०५
अछाम पहिरोः ज्यान गुमाउनेको संख्या २२ पुग्यो, ११ जना बेपत्ता
आश्विन १, १५:०५