अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

घोडाघोडीमा लागु औषध ब्राउन सुगर सहित ४ जना पक्राउ

घोडाघोडीमा लागु औषध ब्राउन सुगर सहित ४ जना पक्राउ

२४ भाद्र, पहलमानपुर  कैलालीको घोडाघोडी नगरपालिकामा ब्राउन सुगर सहित ४ जना पक्राउ परेका छन् । वडा नम्बर १ को बेलार बाट ४ जनालाई पक्राउ प्रहरीले पक्राउ गरेको हो ।

 वडा नम्बर १ का २० वर्षीय दीपेश धामी, १९  वर्षीय शिव गुरुङ, २३ वर्षीय सुमन बोहरा र वडा नम्बर २ का २१ वर्षीय उपेन्द्र बमलाई पक्राउ गरीएको इलाका प्रहरी कार्यालय सुखडका प्रहरी नायब उपरीक्षक लक्ष्मण शाहीले बताए ।

 उनीहरुको साथबाट २ सय मिली ग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार बिहीबार राति बेलारबाट उनीहरूलाई गस्तीमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । उनीहरूलाई पक्राउ  गरेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

कैलालीमा देउडा हेर्न गएकी बालिका बलात्कृत
भाद्र २४, १७:०२
म्यादी प्रहरी भर्नाका लागि आजदेखि आवेदन लिन सुरु
भाद्र २४, १७:०२