अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

कैलालीमा देउडा हेर्न गएकी बालिका बलात्कृत

कैलालीमा देउडा हेर्न गएकी बालिका बलात्कृत

पहलमानपुर २४, कैलालीको घोडाघोडी नगरपालिकामा डेउडा हेर्न गएकी १५ वर्षीया बालिका बलात्कृत भएकी छन । २१ गते राती ४ जनाले सामुहिक रुपमा बलात्कार गरेको भन्दै ती बालिकाले इलाका प्रहरी कार्यालय सुखडमा जाहेरी दर्ता गराएकी छन ।

आरोपी ४ जना मध्ये तीन जनालाई पक्राउ गरी थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय सुखडका प्रहरी नायब उपरीक्षक लक्ष्मण शाहीले बताए ।

काम छ भन्दै एकान्तमा बोलाई जवरजस्तीकरणी गरेको जाहेरीपत्रमा उल्लेख छ । ति बालकिा सुखड बजारको हेलीप्याडमा भैरहेको डेउडा हेर्न गएको समयमा घटना भएको प्रहरीले बताएको छ ।

नेपाली सेनाले चार हजार सैन्य भर्ती गर्दै आवेदन खुल्ला
भाद्र २४, १५:४७
घोडाघोडीमा लागु औषध ब्राउन सुगर सहित ४ जना पक्राउ
भाद्र २४, १५:४७