अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

नेपाली सेनाले चार हजार सैन्य भर्ती गर्दै आवेदन खुल्ला

नेपाली सेनाले चार हजार सैन्य भर्ती गर्दै आवेदन खुल्ला

नेपाली सेनाले चार हजार जना जवान भर्नाका लागि आवेदन खुल्ला गरेको छ । शुक्रवार गोरखापत्रमा सूचना प्रकाशित गरी नेपाली सेनाको श्री सेना भर्ना छनौट निर्देशनालय, कार्य रथी विभाग, जङ्गी अड्डाले उक्त पदका लागि आवेदन माग गरेको हो । 

माग गरिएका कोटामध्ये सैन्य परिवारका लागि २००, खुल्लामा दुई हजार ८८, महिलामा ३३०, आदिवासी जनजातिमा ५५०, मधेसी ४८०, दलित २५२ र पिछडिएको क्षेत्रबाट ८० जना  छ । २०७९ असोज ३० गते भित्र भर्नाका लागि आवेदन दर्ता गरिसक्नुपर्ने सेनाले जनाएको छ । 

भर्नाका लागि पुरुषको हकमा उचाइ ५ फिट ३ इन्च, छाती नफुलाउँदा ३२ इन्च फुलाउँदा ३४ इन्च र तौल ५० किलोग्राम हुनुपर्नेछ । महिलाको हकमा भने उचाइ ५ फिट तौल ४० किलोग्राम हुनुपर्ने तोकेको छ ।

किशोरले फेसबुकमा ब्लक गरेपछि मोहनामा हामफालेको आशंका
भाद्र २४, १३:२६
कैलालीमा देउडा हेर्न गएकी बालिका बलात्कृत
भाद्र २४, १३:२६