अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

किशोरले फेसबुकमा ब्लक गरेपछि मोहनामा हामफालेको आशंका

किशोरले फेसबुकमा ब्लक गरेपछि मोहनामा हामफालेको आशंका

कैलाली भएर बग्ने मोहना नदीमा शुक्रबार विहान एक किशोरीको शव फेला पर्‍यो। उक्त शव थियो, धनगढीकी आस्था शर्माको। 

सोमबार विद्यालय जान्छु भनेर घरबाट हिँडेकी १६ वर्षीया शर्मा मृत अवस्थामा भेटिएकी थिइन्। उपमहानगरपालिकाको वडा नम्बर १३ की शर्माले मोहनामा आफै हाम फालेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। उनको मृत्युको कारण भने प्रष्ट रुपमा नखुले पनि प्रहरीको पहिलो चरणको अनुसन्धानले केही संकेत भने देखाएको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानलाई आधार मान्दा उनी एक किशोरको प्रेममा थिइन्। मुस्लिम समुदायका ती किशोरसँग आस्थाको दैनिकजसो कुरा हुने गरेको प्रहरीले जनाएको छ। पछिल्लो पटक आस्थाले ती किशोरसामू प्रेम प्रस्तावसमेत राखेको प्रहरीले अनुसन्धानले देखाएको छ। 

तर, ती किशोरले आस्थाको उमेर सानै भएका कारण अहिले नै प्रेम सम्बन्धमा बस्न नहुने भन्दै उनलाई सम्झाएका थिए। त्यसपछि ती किशोरले आस्थालाई फेसबुकमा ब्लक गरे। तर, मायामा पागल भएकी आस्थाले भने त्यो सहन सकिनन्। र, सोमबार बिहान ती किशोरलाई भेटर आफूलाई किन ब्लक गरेको भनेर सोधेको पनि प्रहरीको अनुसन्धानबाट खुलेको छ। 

सोही दिन साँझ आस्थाले ती किशोरलाई धनगढीको फाप्लानजिक भेट्न पनि बोलाएकी थिइन्। ‘साँझ भेट्न नआए मेरो मुख हेर्न पाउँदैनौं’ भनेर उनले आफ्नो बहिनीलाई भनेको कैलाली प्रहरीले जनाएको छ। 

उनी सोही दिनदेखि बेपत्ता भएकी हुन्। एकोहोरो मायामा परेकी आस्थाको प्रेमप्रस्ताव अस्वीकार गरेर र फेसबुकमासमेत ब्लक गरेका कारण उनले मोहनामा हामफालेको हुनसक्ने आशंका गरिएको छ। यस घटनामा कैलाली प्रहरीले थप अनुसन्धान गरिरहेको छ। 

कात्तिक ९ गतेदेखि म्यादी प्रहरी कार्यक्षेत्रमा
भाद्र २४, १३:१८
नेपाली सेनाले चार हजार सैन्य भर्ती गर्दै आवेदन खुल्ला
भाद्र २४, १३:१८