अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

घोडाघोडी ११ मुर्गाैवामा रामजानकी वनमा छाउरा सहित चितुवा भेटियो

घोडाघोडी ११ मुर्गाैवामा रामजानकी वनमा छाउरा सहित चितुवा भेटियो

कैलालीको मध्यवर्ती क्षेत्र घोडाघोडी नगरपालिकामा दुई वटा छाउराका साथमा चितुवा देखा परेको हो ।घोडाघोडी नगरपालिका वडा न ११ मा रहेकोश्री रामजानकी सामुदायिक बन उपभोक्ता समुह मुर्गहुवा गाउँमा बुधबार साँझ ६ बजे छाउरा सहित चितुवा भेटियको सामुदायिक वनका वन हेरालु काग्रेश चौधरीले बताए ।

घोडाघोडी क्षेत्रमा छाउरा सहित चितुवा देखिएको यो पहिलो पटक रहेको सब डिभिजन वनका कमचारी जुगराम चौधरीले बताए । सामुदायिक वनमा चितुवा बच्चा सहित देखा पर्दा सामुदायिक वनका पदाधिकारी खुसी देखिएका छ्न ।

चोरिसिकारी हुन नदिन सामुदायिक वनमा ती छाउरा बस्ने उचित वातावरण भएको समुहका उपभोक्ता शान्ती चौधरीले बताईन् । वन क्षेत्रले भरी पुर्ण रहेको सो क्षेत्रमा चितुवा, बाघ, घोरल, निल गाई लगायतका जनावरहरु ओहोरदोहोर गर्ने गरेको सब डिभिजन वन कार्यलयका प्रमुख समीर थापाले बताए ।

कैलालीको टिकापुरमा ११ गाउँका बडघरलाई मोबाइल उपहार !
आश्विन १४, ११:५७
कैलालीको गोरुङ्गेमा मोटरसाइकल दुर्घटना हुँदा २ जना घाइते
आश्विन १४, ११:५७