अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

विश्व रेबिज दिवसको उपलक्ष्यमा एक दिने घोडाघोडीमा रेबिज रोग विरुद्धको खोप शिविर

विश्व रेबिज दिवसको उपलक्ष्यमा एक दिने  घोडाघोडीमा रेबिज रोग विरुद्धको खोप शिविर

कैलालीको घोडाघोडी नगरपालिका २ साडेपानिमा १५ औ विश्व रेबिज दिवसको उपलक्ष्यमा एक दिने रेबिज रोग विरुद्धको खोप शिविर संचालन गरीएको छ । उक्त एक दिने शिविरमा ८० ओटा कुकुरलाई रेबिज विरुद्धको भ्याक्सिन लगाइएको घोडाघोडी नगरपालिकाको पशु शाखाले जानकारी दिएको छ ।घर पालुवालाई कुकुरलाई लक्षित गरेर एक दिने निःशुल्क रेबिज रोग विरुद्धको खोप शिविर कार्यक्रम संचालन गरेको बताईएको छ ।

आफूले पालेका घरपालुवा कुकुर खोप लगाई आफू पनि बाँच्न र अरूलाई पनि बचाउनको लागी एक दिने निःशुल्क रेबिज रोग विरुद्धको खोप शिविर संचालन गरेको वडा नम्बर २ का वडा अध्यक्ष हरि राज विष्टले बताए ।घोडाघोडी नगरपालिका २ को वडा कार्यालयको सहयोग, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनगढीको विशेष सहयोग र नेपाल पशु स्वास्थ्य सेवा प्राबिधिक सङ्घ जिल्ला कार्य समिति कैलालीको आयोजनामा शिविर भएको थियो ।

कैलालीको घोडाघोडीनगरपालिकाले गैरकानूनी रुपमा ५९ कर्मचारी भर्ना गरेको खुलासा
आश्विन १२, १७:५६
कैलाली गौरीगंगामा ट्याक्टरबाट खसेर युवकको मृत्यु
आश्विन १२, १७:५६