अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

सुदूरपश्चिममा दशैँतिहार लक्षित सुरक्षा योजना लागु

सुदूरपश्चिममा दशैँतिहार लक्षित सुरक्षा योजना लागु

तालिम प्राप्त कुकुर परिचालन देखी सरप्राइज चेकिङ सम्म गरिने

सुदूरपश्चिम प्रदेशमा दशैँतिहार लक्षित सुरक्षा योजना लागू गरिएको छ। दशैं, तिहार र छठ पर्वमा विभिन्न अपराधिक क्रियाकलाप तथा दुर्घटना बढ्न सक्ने भएकाले उक्त योजना लागू गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।


चाडपर्वका बेला हुनसक्ने चोरी, डकैती र ठगी लगायतका अपराधिक गतिविधिलाई ध्यान दिँदै सुरक्षा योजना लागु गरिएको प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक विक्रम चन्दले बताए। प्रदेश प्रहरी र ९ वटै जिल्लाका सुरक्षा निकायले बनाएको सुरक्षा योजना लागू गरिएको उनले बताए।
योजना अनुसार विभिन्न स्थानमा नागरिक सहायता कक्ष स्थापना गर्ने, राजमार्ग क्षेत्रमा रिफ्रेस सेन्टर स्थापना गर्ने, राजमार्ग क्षेत्रमा सरप्राइज चेकिङ गर्ने र स्थानीय प्रशासनसँगको समन्वयमा बजार अनुगमन गरिने प्रहरी वरिष्ठ उपरीक्षक चन्दले बताए।


यता कैलालीलाई २ भागमा बाँडेर सुरक्षा योजना बनाइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए।
सीमा नाकामा यात्रु ठगिने तथा लागुऔषध, विस्फोटक पदार्थ जस्ता वस्तु ओसारपसार हुनसक्ने भएकाले कुकुर समेत परिचालन गर्ने योजना बनाइएको उनले बताए।
उक्त सुरक्षा योजना सफल बनाउन सशस्त्र प्रहरी गण, प्रदेश प्रहरी कार्यालय र दंगा नियन्त्रण कार्यालयको समेत सहयोग लिने एसपी अधिकारीले बताए।

पछिल्लो २४ घण्टामा ५ लाख बढी कोरोना संक्रमित थपिए
आश्विन ८, १४:२२
डडेलधुरामा १३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, २ जना पक्राउ
आश्विन ८, १४:२२