अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

पछिल्लो २४ घण्टामा ५ लाख बढी कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा ५ लाख बढी कोरोना संक्रमित थपिए

विश्वभर पछिल्लो २४ घण्टामा ५ लाख ७ हजार ७१४ जना कोरोना संक्रमित थपिएका छन् । ओल्डोमिटरको पछिल्लो विवरणअनुसार सबैभन्दा धेरै अमेरिकामा १ लाख २२ हजार ९६८ जनामा कोरोना पहिचान भएको छ ।यसैगरी बेलायतमा ३६ हजार ७१०, भारतमा ३१ हजार ४५८, टर्कीमा २७ हजार ८४४, ब्राजिलमा २४ हजार ६११ र रुसमा २१ हजार ४३८ जनामा संक्रमण पुष्टि भएको छ ।

यहीअवधिमा ८ हजार ५७६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । अमेरिकामा १ हजार ९४४, रुसमा ८२०, ब्राजिलमा ६६१, भारतमा ३१९ र टर्कीमा २१७ जनाको मृत्यु भएको छ ।यससँगै हालसम्म विश्वभर कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ४७ लाख ४१ हजार ५८२ पुगेको छ । कुल संक्रमित २३ करोड १३ लाख ५१ हजारमध्ये २० करोड ८० लाख १७ हजार जना निको भइसकेका छन् ।

मुक्त कमलरीका समस्या समाधन गर्न तयार रहेको मुख्यमन्त्री त्रिलोचन भट्टको भनाई
आश्विन ८, ०८:३१
सुदूरपश्चिममा दशैँतिहार लक्षित सुरक्षा योजना लागु
आश्विन ८, ०८:३१