अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

धानको समर्थन मूल्य तोकियो

धानको समर्थन मूल्य तोकियो

चालु आर्थिक वर्षका लागि सरकारले धानको न्यूनतम सर्मथन मूल्य क्विन्टलमा १७ रुपैयाँले बढाएर तोकेको छ । भदौ २९ गते बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष ०७८र७९ का लागि मोटा र मध्यम किसिमको धानको न्यूनतम सर्मथन मूल्य तोकेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

चालु आर्थिक वर्षका लागि मोटा धानको प्रति क्विन्टल मूल्य दुई हजार ७५२ र मध्यम किसिमको धानको मूल्य दुई हजार ९०२ रुपैयाँ तोकिएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता प्रकाश सञ्जेलले बताए । यस वर्ष तोकिएको धानको सर्मथन मूल्य गत वर्षकोभन्दा प्रति क्विन्टल १७ रुपैयाँले बढी भएको प्रवक्ता सञ्जेलले जानकारी दिए ।

गत वर्ष असारे धान लगाउनु पूर्व नै सरकारले धानको सर्मथन मूल्य तोकेको थियो । सो आर्थिक वर्षमा किसानले मोटा धान प्रतिक्विन्टल २ हजार ७ सय ३५ र मध्यम धानको मूल्य २ हजार ८ सय ८५ रुपैयाँले तोकेको थियो ।

जनगणना फाराममा थरको पछाडि थारु लेखाउन थारु अगुवाहरुको सुझाव
आश्विन ७, १०:५६
वसन्ता जैविक मार्गको वन क्षेत्रमा गौरीगंगा नगरपालिकाले डम्पिङ साइट बाघ लगायत वन्यजन्तुको स्वास्थ्यमा प्रतिकूल असर
आश्विन ७, १०:५६