अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

दिदीबहिनीको आयू बढाउन थारु समुदायका पुरुषहरु अट्वारीको ब्रत बस्दै

दिदीबहिनीको आयू बढाउन थारु समुदायका पुरुषहरु अट्वारीको ब्रत बस्दै

पश्चिम नेपालका थारु समुदायमा पुरुषहरु आफ्नो दिदीबहिनीहरुको लामो आयू बढाउन अँट्वारी ब्रत बसेका छन् ।

धार्मिक एवं सांस्कृतिक महत्व बोकेको यो पर्वमा आज शनिबार थारु समुदायका पुरुषहरु ब्रत बस्नेछन् । व्रत बसेको पहिलो दिन अँट्वारीमा पकाईको विभिन्न किसिमका रोटीको परिकार खाने गर्दछन् ।

यो पर्व भाद्र शुक्ल पक्षको पहिलो आइतबार अर्थात श्रीकृष्ण जन्माष्टमीपछिको दोस्रो आइतबार अँट्वारी वर्त बस्ने परम्पराअनुसार थारु समुदायले भव्यरुपले अट्वारी पर्व मनाउने गर्दछन् ।

दुई दिनसम्म मनाइने अट्वारी पर्वमा हिन्दू महिलाको महान धार्मिक चाड हरितालिका तीजपछिको शनिबार मध्यरातिमा दर ९भिन्सर्या० खाएर थारू समुदायको विधिवत रूपमा शुरुआत हुने गरेको छ । अट्वारी पर्व मनाउनेबारे थारू समाजमा विभिन्न मत एवं धार्मिक विश्वास रहँदै आएको छ ।

द्वापर युगमा पाँच पाण्डवमध्येका माहिला भाइ भीमले थारू समुदायका एक जना छोरीलाई उनीमाथि भइरहेको अत्याचारबाट मुक्त गरेको स्मरणमा आइतबार दिनभरि भीमको नाममा व्रत बस्ने र पूजाआजा गर्ने चलन रहेको छ । अर्कोथरि मत अनुसार भीमले थारू राजा दंगिशरणलाई युद्धमा सहयोग गरेका कारण उनको पूजाआजा, व्रत बस्ने चलन रहिआएको छ ।

भीम नेपालको सुर्खेत जिल्लामा रहेको काक्रेबिहार घुम्न आएका बेला शत्रुबाट राजा दंगिशरण चौधरीमाथि आक्रमण भएको थियो । त्यतिबेला रोटी पकाइरहेका भीमले काम छोडेर भोकभोकै राजा दंगिशरणलाई सहयोग गरेका थिए ।

दंगिशरणले शत्रुमाथि विजय प्राप्त गरेकाले सोही दिनदेखि हरेक वर्ष भीमको पूजाआजा गर्ने चलन चलेको थारू समुदायको विश्वास छ । अट्वारी पर्वमा दाजुभाइले दिदीबहिनीको रक्षाको कामना गर्दै पानी समेत नपिएर निर्जल, निराहर व्रत बस्ने गर्दछन् ।

आइतबार दिनभर व्रत बसेर दाजुभाइले साँझ पूजापाठ गरेर फलफूल र अन्दीको रोटी खाने गर्दछन् । वर्त बसेका बर्तालुहरुले फलफूललगायतका पकुवान खानुपूर्व आफ्नो खानाबाट आधा भाग झिकेर अलग राख्ने प्रचलन छ । त्यसरी छुट्याएको परिकार विवाहित छोरीचेलीलाई कोसेलीको रूपमा अग्रासन ९उपहार० दिने चलन छ ।

अट्वारीको दोस्रो दिन अर्थात सोमबार बिहान पतौला खरिया, खुर्मा, फुलौरी, भात, गब्दा र तामासहितका तरकारीगरि सात प्रकारको विभिन्न परिकार तयार गरी ब्रतालुहरूले नुहाइधुवाइ पूजापाठ गरेर खाना खाने गर्दछन् । त्यो दिनपनि पूजापाठपछि ब्रतालुले आफ्नो खानाको परिकारबाट आधा भाग दिदीबहिनाका लागि छुट्याएपछि भोजन गर्ने चलन रही आएको छ । सोमबार बिहानको भोजनलाई थारु भाषामा ‘फ्राहार’ भनिन्छ ।

अघिल्लो दिन ९आइतबार० र दोस्रो दिन ९सोमबार० ब्रतालु दाजुभाइले आफूले खानुपूर्व दिदीबहिनीको लागी फलफूल तथा खानाका परिकारबाट छुट्याएको परिकार विवाहित छोरीचेलीबेटीलाई यसै दिन दिने चलन छ । छोरीचेलीलाई वर्षभरिको सम्झनास्वरूप अग्रासन पठाउने चलन छ ।

विवाहित छोरीचेलीले दाजुभाइहरूले आफ्नो भागबाट दिदीबहिनीका लागि राखेको खानाको परिकारलगायतका पकवानसहितको कोसेली आउला भनेर दिदीबहिनी दाजुभाइ आउने ब्यग्र प्रतीक्षामा बसेका हुन्छन् । वर्षभरि माइतीमा आउन नपाएका दिदीबहिनीहरु यसै पर्वको अवसरमा दाजुभाइसँग भलाकुसारी गर्ने मौका पाउँछन् । अट्वारी पर्व पश्चिम नेपालको कञ्चनपुर, कैलाली, बर्दिया, बाँके र दाङ जिल्लाका थारू समुदायले मनाउने गरेका छन् ।

दिगो बिकास र वल्र्डभिजन द्धारा कृषि उत्पादन तथा बजारीकरण सम्बन्धि सामाग्री सुखडमा वितरण
भाद्र २७, ११:०४
कञ्चनपुरमा तीज कार्यक्रममा झडप हुँदा ७ जना घाइते, २ जना पक्राउ
भाद्र २७, ११:०४