अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

कैलालीमा डल्फिनको संख्या बढ्यो,पथरैया नदीमा देखिए डल्फिन

कैलालीमा डल्फिनको संख्या बढ्यो,पथरैया नदीमा देखिए डल्फिन

कैलालीमा विगतको तुलनामा जलचर प्राणी डल्फिनको संख्या वृद्धि भएको छ। डल्फिन जलचर तथा जैविक विविधता संरक्षण कैलालीले गरेको गणनाले डल्फिनको संख्यामा वृद्धि भएको पाईएको छ।संस्थाका अनुसार यसवर्ष १५ वटा बच्चा सहित ७० डल्फिन गणना गरिएको छ। संस्थाका अध्यक्ष भोजराज ढुंगानाले १३ वटा स्थानमा ३५ जनाले एकसाथ डल्फिन गणना गरेको बताए।

संस्थाले भदौ १८ र १९ गते गणना गरेको थियो। उनका अनुसार सबैभन्दा धेरै डल्फिन मोहना–पथरैया दोभान, काँडा–पथरैया दोभान, पथरैया–गैरीनाला दोभानमा देखिएका छन। ‘एकै पटक १५ वटासम्म डल्फिन देखिएका छन’ उनले भने–‘विगतको तुलनामा संख्या बढेको छ।’उनले यसअघि २०७३ र २०७५ मा समेत डल्फिनको आधिकारिक गणना भएको बताए। उनले २०७३ मा ६५ रहेको डल्फिनको संख्या २०७५ मा ५५ मात्रै गणना भएको जानकारी दिए।

उनले २०७४, २०७६ र २०७७ मा समेत स्थानीयले डल्फिन गणना गरेको भएपनि त्यसलाई आधिकारिक नमानेको बताए।‘हामीले गणना त हरेक वर्ष गर्छौ तर आधिकारिक रुपमा यो वर्ष सहित तीन वर्ष मात्रै भएको छ’ उनले भने–‘स्थानीयले गणना गरेको वर्षहरुमा पनि डल्फिनको संख्या यतिधेरै थिएन।’ उनले डल्फिन गणनामा डा. मुकेश चालिसे अध्यक्ष रहेको नेपाल जैविक विविधता समाजले प्राविधिक सहयोग गरेको बताए। उनले डल्फिन गणनाको आधिकारिक तथ्याङ्क भने समाजले नै सार्वजनिक गर्ने जानकारी दिए।

मान्छे पछिको चेतनशील प्राणीका रुपमा मानिएको डल्फिन वर्षायाममा बच्चा सहित देखिएको स्थानिय संरक्षणकर्मीले बताएका छन ।

सुदूरपश्चिमका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाह र राज्यमन्त्री अर्चना गहतराजले दिए राजीनामा
भाद्र २२, १७:५५
नेपालमा पछिल्लो २४ घण्टामा १ हजार १४६ जनामा कोरोना संक्रमण पुष्टि २१ को मृत्यु
भाद्र २२, १७:५५