अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

कंचनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघको संख्या बढयो

कंचनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघको संख्या बढयो

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघ बढेका छन्। सन् २०१८ मा १६ पाटेबाघ रहेकामा अहिले १९ पुगेको छ। गत जेठ महिनामा गरिएका गणनामा बाघको संख्या बृद्धि भएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ।निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जा पुनले शुक्रबार यहाँ आयोजित कार्यक्रममा बाघको संख्या बृद्धि भएको जानकारी दिए।

उनले स्वचालित क्यामेरा विधिबाट बाघ गणना गरिएको बताए। ‘जेठ ४ देखि २३ गतेसम्म गरिएको गणनामा बाघको संख्या वृद्धि हुनुका साथै थप वृद्धि हुने आशा पलाएको छ।’ उनले भने, ‘यो संख्या घटेको पनि होइन, धेरै बढेको नभए पनि सुधारको लक्षण देखियो।’पुनले निकुञ्जमा ११ पोथी, ६ भाले, लिङ्ग पहिचान नभएको एक र वस्यक पाटेबाघ रहेको जानकारी दिए। ३०६ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्जमा बाघ गणनाका लागि ८९ क्यामेरा जडान गरिएको थियो।

गणनामा निकुञ्ज, प्रकृति संरक्षण कोष शुक्लाफाँटा र नेपाली सेनाको देवीदल गणको संयुक्त टोली परिचालन गरिएको थियो। ‘गणनाअघि खटिने ३३ जना कर्मचारीलाई तालिमसमेत दिइएको थियो‚’ प्रमुख संरक्षण अधिकृत पुनले भने, ‘गणनामा आर्थिक र प्राविधिक सहयोग जेडएसएल नामक संस्थाले ग¥यो।’ शुक्लाफाँटामा बाघका लागि आहार प्रजातिको सहज उपलब्धता हुनु, चोरी शिकारी नियन्त्रणलगायतका कारणले वृद्धि भएको हो।

कञ्चनपुरमा विद्यालय खोल्ने निर्णय
भाद्र १८, १७:३७
कठरिया भाषा बर्ण प्रवर्द्धन कार्यक्रम कैलालीमा संचालन हुदै
भाद्र १८, १७:३७