अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

३३ वर्षदेखि वेपता कैलालीका एक पुरुषलाई उद्धार गरी परिवारको जिम्मा लगाइयो

३३ वर्षदेखि वेपता कैलालीका एक पुरुषलाई उद्धार गरी परिवारको जिम्मा लगाइयो

३३ वर्षदेखि वेपत्ता कैलालीका दलोकुन डगौरा थारुलाई उद्धार गरी परिवारको जिम्मा लगाइएको छ । जिल्लाको जानकी गाउँपालिका वडा नम्बर ७ का ६२ वर्षीय दलोकुनलाई कैलाली प्रहरीले उद्धार गरेर बिहीबार परिवारको जिम्मा लगाएको हो ।जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीका अनुसार विगत ३३ वर्ष अघि कामको सिलसिलामा भारतको सिम्ला गएदेखि उनी वेपत्ता रहेको बुझिएको छ ।

गत भदौ ९ गते प्रहरी परिसर टेकु काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले तालुक गृह मन्त्रालयबाट थारु भारतको विहारमा फेला परेको भन्ने सूचना पछि भारतीय पक्षसंग समन्वय गरी उदार गर्न कैलाली प्रहरीलाई जानकारी गराएका थिए ।सोही अनुसार कैलाली प्रहरीले दलोकुन डगौरा थारुलाई फेला पार्ने भारत विहार राज्य गया जिल्ला बाराचट्टी बस्ने सन्दिप यादव मार्फत जिल्ला प्रशासन कार्यालय पर्सामा हस्तान्तरण गरेको जनाएको छ ।

त्यस पछि दलोकुनका छोरालाई पर्सामा पठाई कैलाली ल्याइएको प्रहरी उपरीक्षक अधिकारीले बताए ।उनलाई आज नै दलोकुनका छोरा राम बहादुर डगौरा थारुलाई हस्तान्तरण गरी पारिवारिक पुनर्मिलन गरिएको जनाएको छ ।

दशरथ रंगशालामा जारी मैत्रीपूर्ण खेलमा अञ्जनले दिलाए नेपाललाई अग्रता
भाद्र १७, १९:०४
धनगढीमा प्रहरी बनाइदिन्छु भन्दै रकम असुल्ने युवक पक्राउ
भाद्र १७, १९:०४