अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

१३ औं अन्तरािष्ट्रय गिद्ध सचेतना दिवस कार्यक्रम कैलालीको पहलमानपुरमा बुधवार सम्पन्न ।

१३ औं अन्तरािष्ट्रय गिद्ध सचेतना दिवस कार्यक्रम कैलालीको पहलमानपुरमा बुधवार सम्पन्न ।

कैलालीको घोडाघोडी नगरपालिका वडा नं. १० पहलमानपुरमा गिद्ध सचेतना दिवस कार्यक्रम मनाइएको छ । पहलमानपुर सामुदायिक वन समन्वय समितिमा बुधवार अन्तरक्रिया कार्यक्रमको आयोजना गरी कार्यक्रम गरिएको छ । सामुदायिक वन समन्वय पहलमानपुरका अध्यक्ष पुष्कल बहादुर बमको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि डिभिजन वन कार्यालय पहलमानपुरका योजना शाखा प्रमुख राजीव चौधरी रहनु भएको थियो ।

यस्तै अन्तरक्रिया कार्यक्रममा नेपाल पंन्छी संरक्षण संघका सुदुर पश्चिम प्रदेश संयोजक हिरु लाल डगौरा, बुलबुले रानी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष खडक बहादुर बुढा, विरेन्द्र सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष सुरेश बहादुर कठायत, चोरी शिकारी नियन्त्रण दलका संयोजक अर्जुन कठरिया, सिंङ्गेकोट सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष देव बहादुर सार्की लगायतका अतिथिहरु रहेका थिए ।

यहि भदौ १९ गतेका दिन मनाइने १३ आंंै अन्तराष्ट्रिय गिद्ध सचेतनाको अवसर पारेर यस क्षेत्रमा पाईने गिद्धहरुको अवस्था र संरक्षणको चुनौटी विषयमा जानकारी दिने दिवसको मुख्य उद्देश्य कार्यक्रमको आयोजना गरिएको बताइएको छ । कार्यक्रममा वातवारण संरक्षणमा गिद्धहरुको भुमीका वारेमा छलफल गरिएको थियो । नेपालमा पाईने गिद्धको अवस्था तथा गिद्ध संरक्षणको प्रयासका साथै गिद्धको भुमीकाको वारेमा सहभागीहरुलाई नेपाल पंन्छी संरक्षण संघका हिरुलाल डगौराले सहजिकरण गर्नु भएको थियो ।

बुधवार भएको अन्तरक्रिया कार्यक्रममा सामुदायिक वनका प्रतिनिधि, चोरी शिकारी नियन्त्रण दलका प्रतिनिधि, संरक्षणकर्मी एवं वन हेरालु लगायतका सहभागी रहेका थिए ।

सुदूरपश्चिमका १० प्रदेश सांसदले गरे नेकपा (एस)को पक्षमा सनाखत
भाद्र १६, १५:२१
घोडाघोडीमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुलाई भोली कोरोना विरुदको खोप लगाइने
भाद्र १६, १५:२१