अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

थारू बहुल जिल्लामा अटवारी पर्व आइतबार धुमधामले मनाइँदै

थारू बहुल जिल्लामा अटवारी पर्व आइतबार धुमधामले मनाइँदै

थारू समुदायको व्रत बस्ने अटवारी पर्व तराईका थारू बहुल जिल्लामा आइतबार मनाइँदैछ । विशेषगरी थारू पुरुषले ब्रत बस्ने यस पर्व तराईको पश्चिम जिल्लाहरुमा विषेश गरि मनाइन्छ । थारू समुदायको बाहुल्यता रहेको स्थान र विशेषगरी दाङ, बाँके, बद्धिया, कैलाली, कञ्चनपुर, सुर्खेत जिल्लामा बर्का अटवारी मनाइन्छ ।

थारु आयोगले थारु समुदायको यस वर्षको अटवारी पर्व भदौ १२ गते आइतवार परेको विज्ञप्ति मार्फत जानकारी गराएको छ । अटवारी पर्वकालागि आज शनिबार राती दर खाने गरिन्छ । कुखुराको भाले बास्नुअघि दर खाइसक्नुपर्ने थारू अगुवाहरु बताउँछन् ।

थारू आयोगले जारी गरेको विज्ञप्तिपछि सरकारी निकाय र थारु सम्बद्ध संघ संस्थाले पनि १२ गते आइतवार नै अटवारी भएको भन्दै स्थानीय विदा समेत दिएका छन् ।

कैलालीमा ‘जनताको साथमा कांग्रेस’ अभियान टीकापुर बाट सुरु
भाद्र ११, १८:५७
कैलालीको कैलारी लक्कडमा झोलुङे पुलको उदघाटन
भाद्र ११, १८:५७