अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

आज विवाहित छोरीचेलीलाई ‘अग्रासन’ दिएर अष्टिम्की पर्व मनाउदै थारु समुदाय

आज  विवाहित छोरीचेलीलाई ‘अग्रासन’ दिएर अष्टिम्की पर्व मनाउदै थारु समुदाय

थारु समुदायले आज आफ्ना विवाहित छोरीचेलीलाई ‘अग्रासन’ ९खानाका परिकारको उपहार० दिएर अष्टिम्की पर्व मनाइरहेका छन् । व्रतालुहरुले आफू खानु अगावै एक भाग निकालेर राखेको विभिन्न खानाका परिकार विवाहित छोरीचेलीलाई उपहारको रुपमा दिने चलन छ । यसलाई थारु भाषामा अग्रासन भनिन्छ ।

यो उपहार विवाहित छोरीचेलीका लागि अति नै महत्वपूर्ण मानिन्छ आजको दिन छोरीहरु माइतीको अग्रासन कुरेर बसेका हुन्छन् । ‘अग्रासन नपाएमा उनीहरु निराश हुन्छन् ।

अग्रासनमा खरिया फूलौरी, हलुवा, गेडागुडी, माछा, फलफूल, भात लगायतका परिकार हुने गर्दछ । अष्टिम्कीको पहिलो दिन पानीसमेत नखाएर निराहार व्रत बस्ने चलन थारु समुदायमा चलिआएको छ ।

निर्माण कार्य सम्पन्न भएको दुई वर्ष पूरा हुदा समेत अझै संचालनमा आउन सकेन कैलालीको घोडाघोडी ६ को बर्थिङ सेन्टर
भाद्र १५, १४:५९
सुदूरपश्चिमका १० प्रदेश सांसदले गरे नेकपा (एस)को पक्षमा सनाखत
भाद्र १५, १४:५९