अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

तेर्हौ अन्तराष्ट्रिय गिद्ध संरक्षण सचेतना दिवस भदौ १९ गते नेपालमा मनाईदै

तेर्हौ अन्तराष्ट्रिय गिद्ध संरक्षण सचेतना दिवस भदौ १९ गते नेपालमा मनाईदै

तेर्हौ अन्तराष्ट्रिय गिद्ध संरक्षण सचेतना दिवस मनाउन लागीएको छ । यही सेप्टेम्बर ४ (भाद्र १९) को दिन तेर्हौ अन्तराष्ट्रिय गिद्ध सचेतना दिवश नेपालका साथै संसारभर मनाईदै छ ।नेपालका विभिन्न जिल्लामा गिद्ध संरक्षणका क्षेत्रमा काम गर्दै आएका संस्थाहरुले गिद्ध संरक्षणका लागी सचेतना फैलाउने उद्येश्यले सचेतनामुलक बिभिन्न कार्यक्रम गरि दिवस मनाउन लागीएको नेपाल पन्छी संरक्षण संघका सुदूरपश्चिमका संयोजक हिरु डगौंराले जानकारी दिए ।

प्रत्येक बर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार तथा यस सप्ताहभर अन्तराष्ट्रिय गिद्ध सचेतना दिवश संसारभर मनाईन्छ । गिद्धको महत्व, लोप हुनुको कारण र संरक्षणका प्रयासबारे जनचेतना जगाउनका निम्ति अन्तराष्ट्रिय गिद्ध दिवस मनाइदै आएको डगौंराले बताए ।यो दिवश दक्षिण अफ्रिकामा सन् २००५ देखि नै मनाईदै आएको “राष्ट्रिय सचेतना दिवश” बाट बिकसित भई सन् २००९ बाट अन्तराष्ट्रिय दिवशको रुपमा मनाउन थालिएको हो ।

तेर्हौ अन्तराष्ट्रिय गिद्ध संरक्षण सचेतना दिवस भदौ १९ गते नेपालमा मनाईदै
भाद्र १३, १६:३९
कञ्चनपुरमा १० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १६ वर्षीय किशोर पक्राउ
भाद्र १३, १६:३९