अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

कैलालीमा अनिश्चत समयका लागि निषेधाज्ञा थप

कैलालीमा अनिश्चत समयका लागि निषेधाज्ञा थप

कैलालीमा प्रभावहीन बन्दै गएको निषेधाज्ञा फेरि लम्बाइएको छ। निषेधाज्ञालाई अर्को आदेश नआएसम्मका लागि निरन्तरता दिएको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालद्धारा जारी आदेशमा उल्लेख छ।

कोरोना संक्रमण दर बढीरहेकाले यसअघि जारी भएको आदेशलाई अर्को आदेश जारी नभएसम्म निरन्तरता दिने निर्णय भएको रिजालद्धारा जारी आदेशमा भनिएको छ। आदेशअनुसार पूर्व निर्धारित परीक्षा संचालन गर्दा एक कोठामा २५ जनालाई मात्र राख्न पाउने, गोष्ठी, तालिम, सेमिनार, बैठक संचालन गर्दा बढीमा २५ जना राख्न पाइने छ।

यस्तै व्यापार व्यवसाय र सार्वजनिक सवारी साधन भने यथावत रुपमा संचालन हुनेछन्।

कैलालीको चिसापानीमा एकै दिन थप २२ जना डेंगु संक्रमित फेला परे
भाद्र १०, १८:२७
कैलालीको जोशीपुर गाउँपालिकाद्धारा घरघर कार्य समितिलाई बरघर ऐन हस्तान्तरण
भाद्र १०, १८:२७