अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

कैलालीको चिसापानीमा एकै दिन थप २२ जना डेंगु संक्रमित फेला परे

कैलालीको चिसापानीमा एकै दिन थप २२ जना डेंगु संक्रमित फेला परे

कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ३ चिसापानीमा डेंगु रोग का २२ जना नयाँ संक्रमित फेला परेका छन । चिसापानीमा एकपछि अर्कोमा डेंगु रोग देखिन थाले पछि आज चिसापानीमा सञ्चालन गरीएको एक दिने निःशुल्क डेंगु रोग परिक्षण शिविरमा संकास्पद एक सय जनाको परिक्षण गर्दा २२ जनामा संक्रमण देखिएको लम्कीचुहा नगरपालिका स्वास्थ्य शाखा प्रमुख जयन्ती विसिले जानकारी दिनु भएको छ ।

१४ जना महिला र ८ जना पुरुष गरी २२ जनामा डेंगु संक्रमण देखिएको अस्थाई कोभिड अस्पथाल लम्कीचुहाका ब्यवस्थापक प्रमुख तप्त भण्डारीले सामुदायिक रेडियो पश्चिम आवाजलाई जानकारी दिनु भयो ।चिसापानीका करीब ३ दर्जन बढीलाई यस अघि संक्रमण देखि सकेको छ । केहिलाई सञ्चो भएर घर फर्किएका छन, भने केहि उपचार गरीरहेका छन ।चिसापानीका अधिकांश विरामीहरुमा डेंगुरोग देखिन थालेपछि लम्कीचुहा अस्पतालमा समेत विरामीले भरी भराउ भएको छ ।

अस्पतालमा भर्ना भएका बढी जसो विरामी वडा नम्बर ३ को चिसापानीका रहेका अस्पतालका इञ्चार्ज डाक्टर प्रकाश तिमिल्सैनाले बताउनु भयो ।चिसापानी क्षेत्रमा महामारीको रुपमा डेंगु देखिन थालेपछि लम्कीचुहा नगरपालिका स्वास्थ्य शाखाको आयोजना, वडा नम्बर ३ को संमन्वय, लम्कीचुहा अस्पतालको प्राविधिक सहयोग र जिल्ला स्वास्थ्य कार्यालय कैलालीको किट सहयोगमा आज चिसापानीमा संकास्पद विरामीहरुको डंगु रोग परिक्षणको लागि एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरीएको हो । शिविरमा एक सय जनाको किट मार्फत परिक्षण गर्दा २२ जनामा डंगु पोजेटीभ देखिएको छ ।

कञ्चनपुर प्रहरीले लागुऔषधसहित २ जनालाई पक्राउ
भाद्र १०, १६:२८
कैलालीमा अनिश्चत समयका लागि निषेधाज्ञा थप
भाद्र १०, १६:२८