अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

कञ्चनपुर प्रहरीले लागुऔषधसहित २ जनालाई पक्राउ

कञ्चनपुर प्रहरीले लागुऔषधसहित २ जनालाई पक्राउ

कञ्चनपुर प्रहरीले लागुऔषधसहित २ जनालाई पक्राउ गरेको छ। बुधबार साँझ ६ बजे भीमदत्त नगरपालिका–६ बसपार्कस्थित विद्युत कार्यालय अगाडि पर्किङ गरि राखिएको ना४ख ८२०५ नम्बरको बसबाट ती दुई जनालाई नियन्त्रणमा लिइएको हो।

पक्राउ पर्नेमा सोही नगरपालिका–५ बस्ने ३३ वर्षीय सुरेन्द्रराज भट्ट र वडा नम्बर ८ का २८ वर्षीय प्रकाश औजी रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

उनीहरुको साथबाट ५।०८ ग्राम लागुऔषध खैरोहिरोइन, २ थान मोबाइन र ४१ हजार बरामद गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक सिद्धराज न्यौपानेले बताए। बससहित नियन्त्रणमा लिइएका उनीहरुमाथि थप अनुसन्धान भइरहेको डिएसपी न्यौपानेले बताए।

सुदूरपश्चिमका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाहले कार्यकक्षमै दुर्व्यवहार गरेको बाजुराका युवाहरुको आरोप
भाद्र १०, १२:३५
कैलालीको चिसापानीमा एकै दिन थप २२ जना डेंगु संक्रमित फेला परे
भाद्र १०, १२:३५