१७८ क्युफिट काठ सहित ट्रक र चालक डिभिजन वन कार्यालय पहलमानपुरको नियन्त्रणमा ।

४२ थान बल्ला बल्ली र ९४ थान चिरान कडी सहित १ ट्रक डिभिजन वन कार्यालय पहलमानपुरले नियन्त्रणमा लिएको छ । जिल्लाको घोडाघोडी नगरपालिका वडा नं. ८ लठुवावाट मंगलवार राती सव डिभिजन वन कार्यालय र डिभिजन वन कार्यालय पहलमानपुरको टोलीले विषेश सुचनाको आधारमा काठ लोड गरिएको ट्रक र ट्रक चालकलाई नियन्त्रणमा लिएको जनाएको छ ।
पक्राउ गरिएको ट्रकमा ४२ थान बल्ला बल्ली ११४ क्युफिट घरसंघा पुरानो काठ र ९४ थान चिरान कडी लोड गरिएको ट्रक नियन्त्रणलाई पक्राउ गरिएको डिभिजन वन कार्यालय पहलमानपुरले जनाएको छ । ना४ ख ८४९७ नंम्बरको ट्रक र ट्रक चालक बर्दिया जिल्ला बढैयाताल गाउँपालिका वडा नं. ४ बस्ने वर्ष २७ का शोकरण चौधरीलाई प्रक्राउ गरी अनुन्धान भै रहेको डिभिजन वन कार्यालयका वन रक्षक चिन्तामणी भट्टले रेडियो मनको मझेरीलाई जानकारी दिनु भएको छ ।
पक्राउ गरिएको काठ वारे मद्दा गरी थप अनुसन्धान भै रहेको डिभिजन वन कार्यालय पहलमानपुरले जनाएको छ ।
