अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

घोडाघोडीमा कोरोना विरुदको भदौ ७ गते देखि भेरोसेल दोस्रो मात्राको खोप लगाइने ।

घोडाघोडीमा कोरोना विरुदको भदौ ७ गते देखि भेरोसेल दोस्रो मात्राको खोप लगाइने ।

घोडाघोडीमा कोरोना विरुदको भदौ ७ गते देखि भेरोसेल दोस्रो मात्राको खोप लगाइने भएको छ । जिल्लाको घोडाघोडी नगरपालिकामा यहि भदौ ७ गते देखि ९ गते सम्म भेरोसेलको पहिलो मात्राको खोप लगाएकाहरुलाई दोस्रो मात्राको खोप लगाउन भएको छ । गएको साउन महिनाको १३ गते १६ गते सम्म कोरोना विरुदको भेरोसेलको पहिलो मात्राको खोप लगाएकाहरुले भदौ ७ गते देखि ९ गते सम्म दोस्रो मात्राको खोप लगाउने कार्यक्रम रहेको छ ।

स्वास्वस्थ्य कार्यालय कैलालीको परिपत्र अनुसार घोडाघोडी नगरपालिकाको निर्णय बमोजिम नगर भित्रका सम्पूर्ण स्वास्थ्य केन्द्र अर्थात १ देखि १२ वटै वडामा भेरोसेल नामक कोरोना विरुदको दोस्रो मात्राको खोप लगाउन भएको छ । गत साउनको १३ गते देखि १६ गते सम्म भेरोसेलको पहिलो मात्रा लगाएका व्यक्तिहरुले पालिकाले निर्धारण गरेको खोप केन्द्रमा गै कोरोना विरुदको दोस्रो मात्राको खोप लगाउन घोडाघोडी नगरपालिका स्वास्थ्य शाखाले सवैमा आग्रह गरेको छ ।

कोरोना विरुदको दोस्रो मात्राको खोप लगाउन वडा नं. १ का लागि सुखड आधारभुत स्वास्थ्य केन्द्र, वडा नं. २ का लागि साडेपानी स्वास्थ्य चौकी, वडा नं. ३ का लागि दरख स्वास्थ्य चौकी,वडा नं. ४ का लागि रामशिखरझाल स्वास्थ्य चौकी, वडा नं. ५ का लागि सरैया नगर स्वास्थ्य केन्द्र,वडा नं. ६ का लागि प्रतिखेत नगर स्वस्थ्य केन्द्र, वडा नं. ७ का लागि हरिनगर आधारभुत स्वास्थ्य केन्द्र, वडा नं. ८ का लागि आमफाटा आधारभुत स्वास्थ्य केन्द्र, वडा नं. ९ का लागि शिखरझाल आधारभुत स्वास्थ्य केन्द्र, वडा नं. १० का लागि पहलमानपुर आधारभुत स्वास्थ्य केन्द्र,

वडा नं. ११ का लागि पहलमानपुर स्वाथ्य चौकी आम्बासा, र वडा नं. १२ का लागि त्रिवेणी आधारभुत स्वास्थ्य केन्द्र निर्धारण गरिएकोले भेरोसेलको पहिलो मात्राको खोप लगाएका सवैले पालिकाले टोकेको खोप केन्द्रमा गै दोस्रो मात्राको खोप लगाउन सकिने घोडाघोडी नगरपालिका स्वास्थ्य शाखा प्रमुख कैलाश कुमार रावतले जानकारी दिनु भएको छ ।

कैलालीको घोडाघोडी ५ मा राष्ट्रिय परिचय पत्र शिविर सम्पन्न ३७८६ जनाले बनाए राष्ट्रिय परिचय पत्र
भाद्र ३, १५:४८
कैलालीको घोडाघोडी नगरपालिका ५ सरैयामा एक महिला मृत फेला
भाद्र ३, १५:४८