अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

घोडाघोडीमा बिहिवारवाट कोरोना विरुद्धको अष्टाजेनिक खोप लगाइने

घोडाघोडीमा बिहिवारवाट कोरोना विरुद्धको  अष्टाजेनिक खोप लगाइने

कैलालीमा विहिवारवाट कोभिड १९ विरुद्धको दोस्रो मात्राको खोप भोलीवाट लगाईने छ । जिल्लाको घोडाघोडी नगरपालिकामा विहीवारवाट कोरोना विरुद्ध अष्टाजेनिक नामको खोप लगाइदै छ । २०७७ साल चैत्र १० गते देखि १५ गते संचालन भएको पहिलो खोप लगाएका जेष्ठ नागरिक एवं अन्यहरुले पहिलो खोप लगाएकाहरुलाई दोस्रो मात्राको खोप विहिवार अर्थात २०७८ साउन २८ गते देखि ३० गते सम्म लगाउन लागेको हो ।

स्वास्थ्य कार्यालय कैलालीको निर्णय र परिवार कल्याण मन्त्रालयको परिपत्र अनुसार घोडाघोडी नगरपालिकामा विहिवारवाट नगरपालिकाको १२ वटै स्वास्थ्य केन्द्रवाट खोल लगाउन लागिएको हो । भोलीवाट घोडाघोडी नगरपालिकाको वडा नं. १ मा सुखड स्वास्थ्य केन्द्र, वडा नं. २ को साडेपानी स्वास्थ्य चौकी, वडा नं. ३ मा दरख स्वास्थ्य चौकी, वडा नं. ४ को रामशिखरझाला स्वास्थ्य चौकी,वडा नं. ५ मा सरैया स्वास्थ्य केन्द्र, वडा नं. ६ को प्रतिखेत नगर स्वास्थ्य केन्द्र,वडा नं. ७ को हरिनगर आधारभुत स्वास्थ्य केन्द्र, वडा नं. ८ आमफाटाँ आधारभुत स्वास्थ्य केन्द्र, वडा नं. ९को

रामशिखरझाला स्वास्थ्य केन्द्र,वडा नं. १० पहलमानपुर आधारभुत स्वास्थ्य केन्द्र,वडा नं.११ को पहलमानपुर स्वास्थ्य चौकी आम्वासा र वडा नं. १२ को त्रिवेणी आधारभुत स्वास्थ्य केन्द्रवाट कोभिड १९ विरुदको दोस्रो खोप लगाउने कार्य तालिका निर्धाणर गरिएको घोडाघोडी नगरपालिकाको नि. प्रशासकिय अधिकृत एवं स्वास्थ्य शाखा प्रमुख कैलाश कुमार रावतले रेडियो मनको मझेरीलाई जानकारी दिनु भएको छ ।

कञ्चनपुरको भीमदत्त नगरपालिकाको शिक्षा शाखामा २४ दिनदेखि तालाबन्दी
श्रावण २७, १८:२८
किटजन्य रोगको अन्वेषणका लागि इन्टोमोलोजी ल्याब
श्रावण २७, १८:२८