अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

जीर्ण बन्दै कैलालीको घोडाघोडी धार्मिक मन्दिरको भौतिक संरचना

जीर्ण बन्दै कैलालीको घोडाघोडी धार्मिक मन्दिरको  भौतिक संरचना

कैलालीको घोडाघोडी मन्दिर एक धार्मिक क्षेत्र हो । पूर्व पश्चिम राजमार्गको छेउमै अवस्थीत यो मन्दिरलाई धार्मिक, पर्यटकीय तथा पौराणिक दृष्टीकोणबाट नेपालको एक प्रसिद्ध स्थलको रूपमा लिईएको छ ।
घोडाघोडी नगरपालिका वाड नम्बर १ मा रहेको विश्व रामसारमा सुचिकृत, धार्मिक पर्यटकिय साँस्कृतिक क्षेत्रको सम्भावना बोकेको ताल क्षेत्रमा रहेको घोडाघोडी मन्दिर जिर्ण अवस्थामा रहेको छ । शक्तिपिठको रुपमा रहेको ऐतिहासिक मन्दिर घोरीघोरा साविक साडेपानी, दरख, रामशिखरझाला, पहलमानपुर र दोदोधारा गाविसका प्रत्येक घरधुरी बाट १५ रुपैयाका दरले आर्थिक संकलन गरी २०४४ सालमा स्थापना गरिएको थियो । घोरीघोरा पूजा समितिका नेतृत्वमा घोरीघोरा मन्दिर निर्माण गरिएको थियो ।

घोरीघोरा ताल नामरकारण रहेको थारु सामुदायको देउठानको भौतिक संरचनालाई भत्काएर अहिले सोही ठाँउमा घोडाघोडी मन्दिर निर्माण गरिएको छ । मन्दिरमा समय–समयमा रंगरोगन गरेपनि बर्षातको समयमा पानी चुहिने, मन्दिरको जग भासिने र वरिपरिका वनावट नै जिर्ण बन्दै गएका छन् । मन्दिर प्रवेश गेट र मन्दिरका छेउका माटो तथा मन्दिर मर्मतसम्भार नहुदा घोडाघोडीका धार्मिक स्थल जिर्ण बन्दै गएको प्रति स्थानीय घोडाघोडी नगर भलमन्सा कार्य समितिका बुधराम चौधरीले चिन्ता व्यक्त गरेका छन् ।

उनले भने, ‘मन्दिर जिर्ण अवस्थामा छ, नयाँ प्रविधि अनुसर निर्माण गर्नु बाहेक अन्य कुनै उपाय छैन । घोडाघोडी क्षेत्रलाइ गरिखाने भाडोको रुपमा प्रयोग गरिएको उनको आरोप रहेको छ ।
पौराणिक समाग्री
मन्दिरमा थारु बस्ती रहेको तालक्षेत्रबाट पौराणिक कालमा बिभिन्न किसिमका स्मरण गराउने केही चिन्हहरू भेटिएका थिए ।
चकीया, फार९हलो०, कुरहार त्रिशुल, बटाली, थापक थुइया९कुमालेको सम्रागी०लाई देउताको सम्पति भनिको थियो । तर आजभोली तालक्षेत्र भित्र यी चिन्हहरू हराउदै गएका छन् ।


स्थानीय तह मध्ये घोडाघोडी नगरपालिका धार्मिक सामाजिक, सांस्कृतिक सम्पदाले सम्पन्न नगरपालिका हो । यहाँ भएका जति पनि भौतिक अभौतिक सम्पदाहरु छन् यी सबै

नगरपालिकाका गहना र पहिचान हुन् । घोडाघोडीमा ऐतिहासिक सम्पदाहरु त धेरै छन् त्यसमध्ये विश्व रामसारमा सुचिकृत तालमा सुन्दर मन्दिर सम्पदाको पहिचान आज पनि जिवित छ तर जिर्ण अवस्थामा । ईतिहासको कालखण्डमा बनाईएका मन्दिरहरु दिनदिनै मासिदै, भासिदै गईरहेका छन् । तर आजका दिनसम्म पनि संरक्षण संबद्धन गर्नु पर्छ भनेर सम्बन्धित निकायको ध्यान जान सकेको छैन ।

कैलालीको घोडाघोडीमा गणेशपुर र सितलपुर जोडने टेङ्गना खोलाको भौतीक पूर्वधार मन्त्री दिर्घ सोडारीद्धारा पुल उदघाटन
श्रावण २६, १९:११
घोडाघोडीमा भोली विहिवारवाट कोरोना विरुद्ध अष्टाजेनिक खोप लगाइने
श्रावण २६, १९:११