अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

कैलालीको घोडाघोडीमा गणेशपुर र सितलपुर जोडने टेङ्गना खोलाको भौतीक पूर्वधार मन्त्री दिर्घ सोडारीद्धारा पुल उदघाटन

कैलालीको घोडाघोडीमा गणेशपुर र सितलपुर जोडने टेङ्गना खोलाको भौतीक पूर्वधार मन्त्री दिर्घ सोडारीद्धारा पुल उदघाटन

कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ४ र ५ जोड्ने टेङ्गा खोलामा बनेको पक्की पुलको उद्घाटन गरीएको छ । सोमबार उक्त पुलको उद्घाटन सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ बहादुर सोडारी रिबन काटेर गरेका थिए । गणेशपुर शितलपुर जोड्ने टेङ्गा खोलामा निर्माण भएको पक्की पुलको उद्घाटन गरेका थिए ।

सुदूरपश्चिम प्रदेश सरकारको ४ करोड ९४ लाख २५ हजार १ सय ३३ रुपैयाँमा गणेशपुर र शितलपुर जोड्ने पक्की पुल निमार्ण भएर उद्घाटन गरीएको हो ।पुलको लम्बाई ३८ मिटर छ भने चौडाइ ८ दशम्लब ४ मिटर रहेको छ । वडा नम्बर ४ र ५ जोड्ने टेङ्गा खोलामा बनेको पक्की पुलको निमार्ण जय विष्णु निमार्ण सेवा प्रा।लि काठमाडौँले गरेको हो । २०७७ पुस २१ गते तत्कालीन सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री पठान सिंह बोहराले शिलान्यास गरेका थिए । पटक पटक उक्त खोलाको सर्वे भए पनि तर काम चाहिँ सुरु भएको थिएन ।

कैलाली क्षेत्र नम्बर ३ प्रदेश सभा ‘ख’ बाट निर्वाचित सुदूरपश्चिम प्रदेशका सांसद अमर साउद र वडा नं। ४ का वडा अध्यक्ष टेक बहादुर बुढाको पहलमा टेङ्गा खोलामा बनेको हो । खोलामा पुल नहुँदा त्यहाँका स्थानीयहरूलाई निकै समस्या हुने गरेको थियो । खोला तर्न नसक्दा कतिपयको त अकालमा ज्यान गुमाउनु समेत परेको स्थानीयहरू बत्ताउँछन् । टेङ्गा खोलामा पक्की पुल भने पछि महोन्याल गाउँपालिकाका स्थानीयहरूलाई पनि सहज हुने छ ।

अपाङ्गता परिचय पत्र वितरण शिविर कैलालीको बर्दगोरियामा शुरु
श्रावण २५, १९:२५
जीर्ण बन्दै कैलालीको घोडाघोडी धार्मिक मन्दिरको भौतिक संरचना
श्रावण २५, १९:२५