अन्तर मनको आवाज रेडियो मनको मझेरी ९१ मेगाहर्ज

कैलालीमा पाउने चरा र चरा अवलोकन नाम पुस्कत विमोचन

कैलालीमा पाउने चरा र चरा अवलोकन नाम पुस्कत विमोचन

सुदुर पश्चिम प्रदेश सरकार उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको प्रदेश स्तरिय २ दिने समिक्षा गोष्ठी कैलालीको धनगढीमा मंगलवार देखि शुरु भएको छ । वन तथा वातावरण मन्त्रालय अन्तरगत संरक्षण गतिविधि एवं पर्यटनको क्षेत्रमा भए गरेको आर्थिक वर्ष २०७७÷०७८मा संचालन भएका कार्यक्रमको समिक्षा गोष्ठी शुरु भएको हो .

समिक्षा गोष्ठीको अवसरमा प्रकृतिको सुन्दर उपहार एवं जैविक विविधताको प्रमुख अंगको रुपमा मानिएको दुर्लभ पंन्छीको अध्ययन एवं अवलोकनका लागि सहयोगी मानिने कैलालीमा पाउने चरा र चराहरुको अवलोकन नाम पुस्तक विमोचन गरिएको छ । पुस्तक विमोचन एवं समिक्षा गोष्ठी कार्यक्रममा सुदुर पश्चिम प्रदेश सरकार उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका प्रदेश सचिव यज्ञनाथ दाहालको सभापत्विमा भएको कार्यक्रममा सुदुर पश्चिम प्रदेश सरकार उद्योग पर्यटन वन तथा वातावरण मन्त्री मान सिंह धामी प्रमुख अतिथि रहनु भएको थियो ।

सुदुर पश्चिम प्रदेशका ९ वटै जिल्लाका डिभिजन वन कार्यालयका प्रमुखहरु संरक्षणको क्षेत्रमा काम गर्ने निकाय एवं तराई भु परिधी तालका प्रतिनिधि र नेपाल पन्छी संरक्षण संघका प्रतिनिधिहरुको सहभागीतामा कैलाली चरा र चरा अवलोकन नामक पुस्तक धनगढीमा एक कार्यक्रमका विच विमोचन भएको नेपाल पंन्छी संरक्षण नेपालका सुदु पश्चिम प्रदेश संयोजक हिरु लाल डगौराले जानकारी दिनु भएको छ ।

विमोचन भएको पुस्तकले कैलाली जिल्लामा पाइने रैथाने र संकटापन्नको सुचीमा परेका र पर्न लागेका चरा र चराहरुको वास स्थानका साथै प्रकृति संरक्षणमा चराहरुको भुमी तथा यिनीहरुको महत्वको वारेमा अध्ययन गर्न सहज हुने विश्वासका साथ पुस्तक प्रकारण गरेको बताइएको छ ।

कैलालीका चरा र चराहरुको अवलोकन नामक पुस्तक प्रदेश सरकार उद्योग वन तथा वातावरण प्रदेश बिकास कार्यक्रम कार्यन्वयन इकाई र नेपाल पंन्छी संरक्षण संघ नेपालको सहकार्यमा पुस्तक प्रकाशन गरिएको हो भने पुस्तक लेखन नेपाल पंन्छी संरक्षण नेपालका सुदुर पश्चिम संयोजक हिरुलाल डगौरा र बृहत घोडाघोडी पर्यटन बिकास बोर्डका उपाध्यक्ष एवं चरा संरक्षण नेटवर्कका अध्यक्ष एवं चरा विशेषज्ञ दयाराम चौधरीद्धारा लिखित पुस्तक हो । कैलाली चरा र चरा अवलोकन पुस्तक नामक पुस्तक कैलालीको पहिलो पुस्तक हो ।

कुलमानलाई विद्युत प्राधिकरणमा नियुक्त गर्न प्रधानमन्त्रीको निर्देशन
श्रावण १९, १९:३९
सरकारद्वारा भूमिसम्बन्धी आयोग खारेज
श्रावण १९, १९:३९